सर्बाधिक धनराशीको सैनामैना गोल्ड कप फागुन १९ गते देखी

विमल गैरे, सैनामैना ।
सैनामैना गोल्ड कप फुटबल प्रतियोगिता फागुन १९ गते देखी सुरु हुने भएको छ । मुर्गिया फुटबल क्लवको आयोजनामा फागुन १९ गते देखि २८ गते सम्म उक्त प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । यस क्षेत्रकै सर्बाधिक धनराशी पुरस्कार राखिएको यो प्रतियोगिता रुपन्देहीको सैनामैना रंगशालामा आयोजना गरिने छ । यस प्रतियोगिताले खेलकुदको विकास, स्थानिय खेलाडिहरूको प्रतिभा प्रस्फुटन र नेपाली फुटबलको स्तर उकास्ने लक्ष्य राखेको क्लवले जनाएको छ ।

सैनामैना नगरपालिका संरक्षक रहेको यो प्रतियोगिता सफल बनाउन व्यापक तयारी भइरहेको छ । आयोजक समितिका अनुसार प्रतियोगितामा राष्ट्रिय स्तर ए डिभिजनका दश वटा फुटबल क्लबहरूको सहभागिता रहनेछ भने विदेशी खेलाडीहरुको समेत सहभागिता रहनेछ । यसले गर्दा यो प्रतियोगिता राष्ट्रिय स्तरको मात्रै नभएर अन्तर्रािष्ट्रय स्तरको पनि हुने अपेक्षा गरिएको छ ।

प्रथम सैनामैना गोल्ड कप प्रतियोगिताको पुरस्कार राशी ७ लाख रुपैया राखिएको छ भने उपविजेताले ४ लाख रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यो प्रतियोगिता हेर्न दर्शकहरूको उत्साहजनक सहभागतिा रहने अपेक्षा गरिएकोे छ । फागुन १९ देखी सुरु हुने यो प्रतियोगिताले सैनामैना क्षेत्रलाई खेलकुद पर्यटनको नयाँ गन्तव्य बनाउन सक्ने सम्भावना बोकेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation