१० औं सस्करणको मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता बैशाख ६ गतेबाट

उपकार अनलाइन, सैनामैना ।
जिल्लाकै प्रतिष्ठित क्लबको रुपमा रहेको मणिमुकुन्द भलिबल क्लबको आयोजनामा हुँदै आई रहेको मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको १० औं सस्करण २०८२ बैशाख ६ गते देखी १२ गते सम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता क्लबको खेलमैदानमा एक हप्ता सम्म सञ्चालन हुने छ ।

वि.स. २०६४ सालपछि यस क्षेत्रमै पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न थालेको क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी गराउनु भयो । यस वर्ष पनि मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको १० औं सस्करणलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने गरि आफुहरु लागेको र त्यसै अनुसार तयारी सुरु गरेको भण्डारीले बताउनुभयो ।

क्लवले भलिवल प्रतियोगिता सञ्चालन गर्नका लागि नेपाल भलिबल संघमा माघ १७ गते पत्रचार गरेको थियो उक्त प्रत्रका आधारमा २०८२ वैशाख ६ गते देखि १२ गते सम्म संघले १० औं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालनका लागि अनुमति दिएको छ । पत्रमा अन्तर्राष्ट्रिय भलिवल महासंघ (FIVB, NVA) र नेपाल भलिबल संघको नीती नियम भित्र रहि प्रतियोगिता सञ्चालन गर्न स्वीकृती प्रदान गरिएको छ ।

प्रतियोगितामा राष्ट्रिय स्तरका क्लवहरुको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने टिमलाई नगद, शिल्ड, मेडल र प्रमाण पत्रले सम्मान गरिने आयोजकले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation