
लमहि । राप्ती गाउँपालिका–५ लठ्ठवा नजिक पूर्व–पश्चिम राजमार्गमा आज बेलुकी ६ बजे बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने करिब दुई दर्जन यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीका सहाय प्रहरी निरक्षक धर्म खड्काले बताए ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका बन गाउँकी पुस्पा डाँगी र राजपुर स्थायी ठेगाना भई लमही नगरपालिका–५, रातो डाँडाका निलसरोज यादव रहेका छन्। डाँगीको घटनास्थलमै र यादवको उपचारका क्रममा लमही अस्पतालमा निधन भएको खड्काले बताए ।
कृष्णनगरबाट तुलसीपुर जाँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेका घाइतेहरूलाई लमही र सिसहनिया अस्पतालमा उपचार पछि केहिलाइ थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरी कार्यालय भालुबाङले जनाएको छ।