बुटवलमा एक महिलामाथि गोली प्रहार

उपकार अनलाइन, सैनामना 

रुपन्देहिको बुटवलमा एक महिलामाथी गोलि प्रहार भएको छ ।शनिबार बिहान करिब साढे ९ बजे बुटवल–११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो।

क्षेत्रीको ढाडमा गोली लागेको बुटवल प्रहरीले जनाएको छ। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

पाल्पा घर भएकी क्षेत्री बुटवल बस्दै आएकी थिइन्। घटनाबारे विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation