बुद्धिकृष्ण पौडेलको संयोजकत्वमा सुबर्णखालमन्द्रे कपिलवस्तु सम्पर्क समाजको प्रारम्भिक भेला

सागर बेल्बासे । कपिलवस्तु ।

अर्घाखाँची को सुवर्णखाल, मन्द्रे, हल्दे, मालारानी, जाडिखर्क, बाउन्ने, घर्तिसारा, शब्दु,मैनेरी, उपल्लिखन्न लगायतका साबिक सुवर्णखाल गा बि स भित्रबाट बसाइ सराइ गरि कपिलवस्तुको विभिन्न स्थानमा छरिएर रहेका बशोबासी हरु एकीकृत भइ नयाँ रपुराना पुस्ताको परिचय संगै आफू वा आफ्नो पुर्वज को उदगम स्थल र हालको बसाइ बिचको मित्रतालाइ प्रगाढता बढाउदै समाज रुपान्तरण मा टेवा पुराउने उदेश्य का साथ अर्घाखाँची सुवरणखाल-मन्द्रे कपिलवस्तु सम्पर्क समाजको गठन गर्नका लागि प्रारम्भिक छलफल भएको छ।

प्रारम्भिक छलफल बाट अर्घाखाँची को साबिक सुवर्णखाल गा बि स ७ मन्द्रे बाट हाल बाणगङ्गा २ निवासी मन्द्रे माध्यमिक बिधालय का पुर्व प्रधान अध्यापक तथा सितगङ्गा नगरपालिका वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष बुद्धिकृष्ण पौडेल ज्युको संयोजकत्वमा मा भेला आयोजक समिति चयन भएको छ। जसमा कपिलवस्तुको विभिन्न स्थान मा छरिएर रहेका सबैलाइ एकीकृत गर्न क्षेत्रगत हिसाबले क्रमस बाणगङा १ मा बुद्धि सागर बेल्बासे,२ र ३ मा कुल बहादुर रेस्मी,४ मा कुल बहादुर चुंदाली९राजु० ५ र ६ मा कपिल घिमिरे ,७ र ८ मा प्रेम नारायण पौडेल (राजु) ९ मा चन्द्र भुसाल,१०र११ मा राम प्रसाद भन्डारी बुद्दभुमी नगरपालिका १ देखि ६ सम्मको लागि कमल शर्मा बेल्बासे,६ देखि १० सम्मको लागि रुपचन्द्र बेल्बासे र शिवराज नगरपालिका को जिम्मा झबिन्द्र बेल्बासे लाई रहने गरि सबैजना सदस्य को रुपमा जिम्मेवारी बिभाजन गरिएको छ।

कपिलवस्तु को बाणगङ्गा १ चार नम्बर जितपुरको ढुङ्गाना क्याफेमा भएको प्रारम्भिक भेलामा साबिक सुवर्णखाल गा बि स बाट कपिलवस्तु को विभिन्न स्थान मा बसोबास गर्ने बुद्धि कृष्ण पौडेल ,कुल बहादुर रेस्मी,भोजराज भट्टराई ,राम प्रसाद भण्डारी ,कुलराज बेल्बासे,कपिल घिमिरे ,अशोक बेल्बासे,कुल बहादुर चुंदाली (राजु),बुद्धि सागर बेल्बासे,नारायण भट्टराई ,शंकर खनाल,मीन प्रसाद पोख्रेल ,राजन भट्टराई ,प्रेम नारायण पौडेल ९राजु०,कर्ण बहादुर खड्का ,मदन ढुङ्गाना सहितको उपस्थिति रहेको थियो।प्रारम्भिक भेलाले बृहत् भेलाका लागि यहि बैशाख २७ गते सनिवार बिहान ११ बजे चार नम्बर मा साबिक सुवर्णखाल बाट कपिलवस्तुको विभिन्न स्थानमा छरिएर रहेका सबैलाई बृहत् भेलामा उपस्थित हुनका लागि आव्हान गरेको संयोजक बुद्धि कृष्ण पौडेलले जानकारी गराउनुभएको छ।

प्रथम बृहत् भेलाबाट तदर्थ समिति बनाइ बिधान मस्यौदा लगायत विभिन्न उपसमिति चयन गरि साबिक सुवर्णखाल गा बि स हालको सितगङ्गा १ र कपिलवस्तु का विभिन्न स्थानका धार्मिक ,पर्यटकीय ,पुरातात्त्विक,सामाजिक ,शैक्षिक आदि कुराहरुको परिचय संगै बहुल जाती, भेषभुषा, धर्म, संस्कार ,रिति थितिका कुराहरुलाई अझ सहिष्णु बनाइ समाजमा नौलो आयाम ल्याउने उदेश्य सहित सम्पर्क समाज निर्माण गर्ने जनाइएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation