दुधराक्ष युवा क्लबले निमार्ण गरेको गौतम बुद्ध स्मारक मन्त्री ढकालद्धारा उद्घाटन

उपकार अनलाइन, सैनामैना ।
रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनी चोकमा दुधराक्ष युवा क्लबले निमार्ण गरेको गौतम बुद्ध स्मारक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार  विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भौतिक पूर्वाधार  विकास मन्त्री ढकालले क्लबले गरेका कामहरूको प्रशंसा गर्दै सबै तहका सरकार र स्थानीय मिलेर गरेको विकास निर्माण काम सफल हुने बताउनुभयो । क्लबले आयोजना गरेका यस्ता सामाजिक गतिविधिहरूले क्लबको सामाजिक उचाइ अझ माथि पुर्‍याएको छ ।

प्रमुख अतिथि ढकालले युवाहरूको सक्रिय सहभागिता र योगदानले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताउँदै आगामी दिनमा पनि यस्ता रचनात्मक कामहरू निरन्तर हुनुपर्नेमा जोड दिनुभयो । गौतम बुद्ध स्मारकको निर्माणले यस स्थानलाई नयाँ पहिचान दिलाएको छ यसले लुम्बिनी क्षेत्रमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास रहेको मन्त्री ढकालको भनाइ छ ।

कार्यक्रममा बोल्दै सैनामैनाका संस्थापक नगरप्रमुख चित्रबहादुर कार्की वर्तमान नगरप्रमुख फणेन्द्र प्रसाद शर्मा र सैनामैना ६ का वडा अध्यक्ष गोपाल पोख्रेलले क्लबले गरेको कामहरू स्मरण गर्दै आगामी दिनहरूमा पनि क्लबसँग निरन्तर रुपमा सहकार्य गरिने बताउनुभयो।

कार्यक्रममा गौतम बुद्ध स्मारक स्थापनाका लागि सहयोग गर्ने सहयोगी दाताहरूलाई सम्मान समेत गरिएको थियो। क्लबका अध्यक्ष किरण पोखरेलको अध्यक्षता, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार  विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रम उपाध्यक्ष सुनिल पोखरेलको स्वागत एवम् क्लबका सचिव पदम पाण्डको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जनप्रतिनिधि, क्लबका सल्लाहकार, विभिन्न संघसस्था तथा राजनीतिक दलका प्रतिनिधि , कार्यसमिति, सहयोगदाता एवं स्थानीय समाजसेवी एवं बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation