सैनामैना गोल्डकप २०८१ को आय–व्यय सार्वजनिक, ६५ लाख रुपैयाँ खर्च

विमल गैरे, सैनामैना ।
गत फागुन १९ देखि २८ गतेसम्म रुपन्देहीको सैनामैना–४ मुर्गियामा सम्पन्न प्रथम सुनगाभा सैनामैना गोल्डकप–२०८१ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता सम्पन्न गर्न लागेको खर्च तथा आम्दानी सार्वजनिक गरिएको हो । आयोजकका अनुसार प्रतियोगितामा कुल ७९ लाख रुपैयाँ आम्दानी भई ६५ लाख रुपैयाँ खर्च भएको छ ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले प्रतियोगिता नगरको पहिचान स्थापित गर्ने माध्यम भएको बताउनुभयो । “स्थानीयदेखि राष्ट्रियस्तरका खेलाडी सहभागी भएको यो प्रतियोगिता गौरवको विषय भएका शर्माको भनाइ छ । सैनामैनामा दुइ राष्ट्रियस्तरका खेल सम्पन्न भएको र राष्ट्रपति रनिङ शिल्ड तथा वडा स्तरीय खेल समेत सम्पन्न भएको भन्दै आगामी वर्षहरुमा नगरपलिकाले यस किसिमका खेलमा आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगिता संयोजक अशोक खड्काले सैनामैनामा सम्पन्न “प्रथम सुनगाभा सैनामैना गोल्डकपले युवाहरूमा थप ऊर्जा भरेको जानकारी गराउनुभयो । पहिलो सस्करणको यस प्रतियोगिता मुर्गिया फुटवल क्लवले आयोजना गरेको बताउदै आगामी दिनहरुमा सैनामैना गोल्डकपलाई जनुसुकै क्लवहरुले सञ्चालन गर्न सक्ने बताउनुभयो ।

प्रतियोगिताका आर्थीक संयोजक गोपाल खड्काले प्रतियोगिता सम्पन्न भएसंगै आय–व्यय पारदर्शिता सहित सार्वजनिक गरिएको उल्लेख गर्नुभयो । प्रतियोगिता सम्पन्न गर्न करिव ६५ लाख रुपैया खर्च भएको छ भने ७९ लाख रुपैया आम्दानीमा देखिएको छ । प्रतियोगिताबाट करिव १४ लाख रुपैया बचत देखिएको छ बचत देखिएको केहि रकम उढ्न बाकी रहेको आर्थीक संयोजक खड्काको भनाइ छ ।

आयोजकले प्रतियोगिता सम्पन्न गर्नका लागि सञ्चार क्षेत्रबाट प्रचार–प्रसारमा उल्लेखनीय भूमिका खेलेको भन्दै वरिष्ठ पत्रकार छवि पाण्डेलाई नगद सहित सम्मान समेत गरेको छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation