
बुटवल । बुटवलको होराइजन चोक स्थित मिलिजुली पथमा एक आमा सहित दुइ बच्चाको बिभत्स हत्या भएको छ ।
सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी ती महिलालाई उनकै पूर्व श्रीमानले आफ्नै घरमा बोलाई बुधबार बिहान ४ बजेतिर हत्या गरेको बताइएको छ । उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।
हत्या हुनेमा ३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल रहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार हत्या गर्ने ३२ वर्षीय सुजन कोइराला हुन् । प्रहरीले घटनाको अनुसनधान भैरहेको जनाएको छ । मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।