सिटिजन्स बैंकद्वारा खानेपानी संस्थालाई डस्टविन हस्तान्तरण

अनिता चौधरी, सैनामैना ।
सिटिजन्स बैंक रानिबगिया शाखाले सामाजिक उत्तरदायित्व बहन गर्दै सैनामैना खानेपानि तथा सरसफाई उपभोक्ता संस्थालाई डस्टविन प्रदान गरेको छ ।

विगत १८ वर्ष देखि सर्वसाधारण माझ अनवरत रुपमा सरल, सहज र आधुनिक बैंकिङ्ग सेवा पुर्याउदै आएको सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस बर्ष पनि सैनामैना खानेपानी संस्थालाई २५ हजार बराबरको ३० थान डस्टविन प्रदान गरिएको हो ।

खानेपानी संस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सिटिजन्स बैंक लुम्बिनी प्रदेश कलस्टर ३ प्रमुख प्रकाश गौतम तथा सिटिजन्स बैंक रानिबगिया शाखा प्रबन्धक कृष्ण क्षेत्रीले संस्थाका अध्यक्ष एक बहादुर क्षेत्रीलाई डस्टविन हस्तान्तरण गर्नुभएको हो ।

खानेपानी संस्थालाई डस्टविन हस्तान्तरण गरिएकोमा सिटिजन्स बैंक लुम्बिनी प्रदेश कलस्टर ३ प्रमुख प्रकाश गौतम तथा सिटिजन्स बैंक रानिबगिया शाखा प्रबन्धक कृष्ण क्षेत्रीलाई खानेपानी संस्थाका अध्यक्ष एक बहादुर क्षेत्रीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

बैंकले आगामी दिनहरुमा समेत सामाजिक संस्थाहरुसंग समन्वय तथा सहकार्य गरेर सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

सैनामैना खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई टोल सफा राख्न र जथाभावी फाल्ने फोहोरलाई कम गर्न लागि डस्टवीन हस्तान्तरण सिटिजन्स बैंक लुम्बिनी प्रदेश कलस्टर ३ प्रमुख प्रकाश गौतमले जानकारी गराउनुभयो ।

सिटिजन बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट खानेपानी संस्था र उपभोक्त सेवाग्राही व्यक्तिहरुको हितमा काम हुने विश्वास लिनुभयो ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केहि समयअघि मात्र फोन –पे संगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोन –पे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको बैंक रानिबगिया शाखा प्रबन्धक कृष्ण क्षेत्रीले जानकारी गराउनुभयो ।

साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मोवाइल बैंकङ्घि एप मार्फत नै सेयर आवेदन र सि आर एन नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा, जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा समेत ल्याएको बताउनुभयो ।

बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २ सय शाखा, १ सय ६८ ए।टि।एम, ३ वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्घ एकाइहरुबाट १८ लाख ९८ हजार भन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ्घ सेवा प्रदान गर्दै आएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation