
सैनामैना । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक कार्यलाई प्राथमिकता दिँदै सैनामैना–१ मा रहेको पर्रोहा बोलबम धाममा भण्डारा कार्यक्रम संचालन गरेको छ।
धार्मिक आस्था र सामाजिक सेवालाई जोड्दै बैंकले श्रावणी मेलामा सहभागी भक्तजनहरूका लागि धाम व्यवस्थापन समितिलाई २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो।
सिटिजन बैंकले भन्ने नारालाई व्यवहारमा उतारेको छ। यसै अनुसार बैंकले मन्दिरमा डिजिटल त्तच् कोड पनि प्रदान गरेको छ। अब भक्तजनहरूले आफ्नो मोबाइलबाट सजिलै मन्दिरमा दान गर्न सक्नेछन्। यसले बैंकले परम्परागत बैंकिङ्ग प्रणालीलाई रुपान्तरण गरेर डिजिटल प्रणाली प्रदर्शन गरेको छ ।
पर्रोहा बोलबम धाम व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर कार्कीले सिटिजन बैंकको यस सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। कार्कीले भन्नुभयो, ‘Brick Banking to Click Banking’ श्रावणी मेलाको समयमा भक्तजनहरूका लागि भण्डारा सञ्चालन गर्न सिटिजन बैंकले पुर्याएको यो सहयोग अत्यन्त प्रशंसनीय छ। यसले हाम्रो धार्मिक कार्यलाई सहज बनाउनुका साथै बैंकको सामाजिक उत्तरदायित्व पनि उजागर गरेको छ।
नागरिकहरूको सेवामा विगत १८ वर्षदेखि समर्पित बैंकले आगामी दिनमा पनि सामाजिक र सामुदायिक कार्यक्रमहरूलाई निरन्तरता दिने योजना बनाएको सिटिजन बैंक रानीबगिया शाखाका प्रबन्धक कृष्ण क्षेत्रीले बताउनुभयो । यस्तै सामाजिक कार्यसँगै बैंकले बैंक अफ द इयर २०२४ु को उपाधि पनि जितेको छ। बैंकले ग्राहकहरूको सुविधाका लागि थुप्रै नयाँ सेवाहरू पनि ल्याएको छ ।
सिटिजन्स फोन–पे क्रेडिट कार्डले नेपालमा पहिलो पटक फोन–पेसँग मिलेर सुरु गरिएको यो भर्चुअल क्रेडिट कार्डले डिजिटल भुक्तानीलाई अझ सजिलो बनाएको छ। क्रस बैंक टेलर सुविधाले अब अरू बैंकका ग्राहकहरूले पनि सिटिजन बैंकका शाखाबाट त्तच् स्क्यान गरेर पैसा निकाल्न सक्नेछन्।
बैंकले अहिले नेपालका ६१ जिल्लामा २ सय शाखा १ सय ६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ्ग एकाइहरू मार्फत १८ लाख ९८ हजारभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ। यस खालको पहलले धार्मिक कार्यहरूमा बैंकको सहभागिता र सामाजिक कार्यप्रति उत्तरदायित्व पनि बहन गर्दछ ।