
सैनामैना । सैनामैना–३, दर्खासी मैदानमा B-Level खुल्ला पुरुष र महिला भलिबल प्रतियोगिता आगामी २०८२ साल भदौ ४ गते देखि ८ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगितामा भाग लिन इच्छुक टोलीहरूले भदौ ३ गते साँझ ४ बजेसम्म दर्ता गराउनुपर्नेछ।
पुरुष टोलीका लागि दर्ता शुल्क रु. ३ हजार र महिला टोलीका लागि रु १ हजार तोकिएको छ। प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले रु ३५ हजार, द्वितीयले रु २० हजार, तेस्रोले रु १० हजार र चौथोले रु ५ हजार पुरस्कार स्वरूप पाउनेछन्। महिला टोलीका लागि भने प्रथम पुरस्कार रु ५ हजार र दोस्रो पुरस्कार रु ३ हजार निर्धारण गरिएको छ।
यो भलिबल प्रतियोगिताले स्थानीय युवाहरूलाई खेलकुदप्रति जागरूक बनाउँदै स्थानिय खेलकुद प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजक शृष्टि युवा क्लबले जनाएको छ। क्लवले हरेक वर्ष तीजको अवसर पारेर यस किसिमको प्रतियोगिता गर्दै आइरहेको छ । थप जानकारीका लागि खेल संयोजक ९८१७०३७५२३ वा अध्यक्ष ९८६९९३५१६१, ९८०४८६६४४३ मा सम्पर्क गर्न सकिने छ।
प्रतियोगितामा सहभागिता जनाउँदै सैनामैना–३ को दर्खासी मैदानमा हुने खेलहरू मार्फत खेलाडीहरूले आफ्नो कौशल प्रदर्शन गर्ने मौका पाउनेछन् भने खेलप्रेमीहरूका लागि पनि मनोरञ्जनको अवसर रहनेछ।












