
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा (पर्रोहा) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विधालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।
उपशाखाकी सभापति मिना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख फणीन्द्रप्रसाद शर्मा प्रमुख अतिथि थिए। उनले रक्तदानको महत्त्व र रेडक्रसले समाजमा पुर्याएको योगदानको प्रशंसा गरे । साथै, उनले युवाहरूलाई सामाजिक सेवामा लाग्न प्रेरित गर्न रेडक्रसको महत्त्वपूर्ण भूमिका रहेको बताए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सभापति कृष्ण पंगेनीले रक्तदान जीवन बचाउने एक महत्त्वपूर्ण कार्य भएकोले रक्तसञ्चार केन्द्रहरूमा रगतको पर्याप्त आपूर्ति सुनिश्चित गर्न नियमित रक्तदानको आवश्यकतामा जोड दिए ।
विद्यालयका प्रधानाध्यापक नेत्र पुरीले रेडक्रसले आयोजना गरेको यस महत्त्वपूर्ण कार्यक्रमको आतिथ्यता गर्न पाउँदा खुसी व्यक्त गरे । विद्यार्थीहरूलाई पढाइका साथसाथै सामाजिक सेवामा पनि संलग्न हुन प्रोत्साहन पुग्ने बताए ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा उपशाखाका पदाधिकारीहरू, विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र रक्तदाताहरूको उल्लेख्य उपस्थिति थियो। क्भभ भिकक












