
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको इनरह्विल क्लवले आफ्नो ६६ औँ नियमित बैठकसङ्गै महान पर्व शुभ दीपावली , नेपाल सम्वत् एवम छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम वर्ष २०२५/२६ की अध्यक्ष दुर्गामाया श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालीहरुका यी महान पर्वले नेपालीहरुलाई एक आपसमा जोडन मद्दत गरेको भन्दै सबैले सभ्य तरिकाले आफ्नो क्षमता अनुसार मनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि जेष्ठ पुजनीय माता गुनादेवी खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समाजसेवी गोपाल खनालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा उहाँ दुवैजनाले शुभकामना व्यक्त गर्नुभएको थियो ।
क्लवले सैनामैना ८ भडछा टोलदेखी ४ टेक्टर पराल कपिलवस्तु जिल्लाको कोठी नदी किनारमा रहेको गौशालामा सहयोग गरेको छ साथै क्लवका पदाधिकारीहरुले दुई सय गाईलाई परालसङ्गै नुन समेत खुवाएका छन । यस्तै क्लबका पदाधिकारीहरूले क्लवकी ख्ए सीता खनालको घरमा देउसी भैलो कार्यक्रम समेत सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रेसिडेन्ट, चार्टर प्रेसिडेन्ट, सेक्रेटरी, बोर्ड मेम्बर साथै सम्पुर्ण मेम्बरहरुको उपस्थित रहेको थियो । सोहि अवसरमा क्लवका सदस्य रिता खत्री र दिपिका शर्माको जन्मदिन मनाएको छ ।












