
जैमिनि, बागलुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५, बिनामारेस्थित चम्किलो तारा युवा क्लबले आयोजना गरेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तरगत आज सनिबार दुई खेल सम्पन्न भएका छन ।
इमान्दारी, जिम्मेवारी र विचातवान युवा आजको आवश्यकता भन्ने नारा सहित अगि बढिरहेको क्लबले दीपावली–२०८२ को पावन अवसरमा खुल्ला वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता अन्तरगत आज आयोजक निलो र कालुङ खोला युवा क्लब एवम आहान क्याव र आयोजक रातो बिच खेल भएका हुन ।
पहिलो खेलमा कालुङ खोला युवा क्लव २-० को सोझो सेटमा विजयी भयो भने दोस्रो खेलमा आहान क्याव आयोजक विरुद्ध २-१ ले विजयी भएको हो ।












