
विमल गैरे, सौमैना ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा चौंथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम मंसिर ८ गतेदेखी ११ गते सम्म हुने भएको छ । गैडहवा तालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ उक्त भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजन गर्न लागिएको हो ।
यो प्रतियोगिताले गाउँपालिकाभित्रको खेलकुद क्षमताको पहिचान गर्ने र युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ । आयोजक समितिले प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउने तयारी गरेको जनाएको छ । कार्यक्रम संयोजक बाबुराम मल्लका अनुसार प्रतियोगितामा स्थानीय तथा विभिन्न जिल्लाका उत्कृष्ट टिमहरूको सहभागिता रहनेछ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ११ हजार १ सय ११ सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । द्वितीय हुने टिमले नगद ७१ हजार १ सय ११ सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्दा तृतीय हुने टिमले नगद ३१ हजार १ सय ११ कप, मेडल र प्रमाण पत्र एवम् सान्त्वना हुने टिमले नगद २१ हजार १ सय ११ सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक बाबुराम मल्लले जानकारी दिनुभयो । यस्तैगरी विभिन्न विधागत पुरस्कार तर्फ उत्कृष्ट सेटर उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्वर खेलाडीका लागि जनही १ हजार पाचसय र सर्वोकृष्ट खेलाडीका लागि २ हजार पाचसय रुपैया नगद पुरस्कार सहित सम्मान गरिने संयोजक मल्लले उपकार अनलाइनलाई बताउनुभयो ।
गैडहवा गाउँपालिकाको आर्थिक सहयोग र श्री शान्ति युवा कल्व, गैडहवा–४, गैडाताल, रुपन्देहीको आयोजनामा चौथो गैडहवा गाउपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक मेला २०८२ कार्यक्रमको तयारी सुरु हुन लागेको आयोजकले जनाएको छ ।
थप जानकारीका लागि सम्पर्क
बाबुराम मल्ल – ९८४७२८२४६२
टेक बहादुर बस्नेत – ९८०७४२५९३२
शेरबहादुर कामु – ९८११५५६३७७
विशाल अर्याल – ९८२१५२५७७२













