
सैनामैना, रुपन्देही ।
सैनामैना जेसीजले सञ्चालन गरेको जेसीस सप्ताह कार्यक्रम सुनगाभा माविबाट सुरु भएको छ । शुक्रबार सुनगाभा पब्लिक माध्यामीक विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई मनोसामाजिक विकास, आत्म–अनुशासन, अवचेतन मनको शक्ति र नेतृत्व क्षमतासम्बन्धी तालिमबाट सुरु गरिएको छ ।
यस वर्षका अध्यक्ष जेसी गोविन्द खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अवचेतन मनलाई नियन्त्रण गर्ने विषयमा केन्द्रीत प्रशिक्षण दिइएको थियो । बिहान ८ बजे शुरु भएको कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक, अभिभावक तथा जेसीज सदस्यहरूको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुनगाभा पब्लिक मा.वि.का प्राचार्य तिलक केसीले जेसीजले सुनगाभामा अध्ययन गर्ने विद्यार्थीहरुका लागि ज्ञान बर्दक कार्यक्रम ल्याएकोमा जेसीज परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै विद्यार्थीहरुलाई मौकाको फाइदा उठाउन समेत आग्रह गर्नुभयो ।
प्रमुख प्रशिक्षकका रूपमा देवदह जेसीजका अध्यक्ष जेसी दिपक अधिकारीले मनोसामाजिक विकास, आत्म–अनुशासन, अवचेतन मनको शक्ति र नेतृत्व क्षमतासम्बन्धी विद्यार्थीहरुलाई करिव १ घण्टा महत्वपूर्ण प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा जेसी शिशिर खरेल, जेसी विमल ज्ञवाली, जेसी मोहन न्यौपाने सुनगाभा पव्लिक माध्यामिक विद्यालयका सह–प्राचार्य केदार कार्की , कमलचन्द्र पाडेलको समेत उपस्थिति रहेको थियो ।
सैनामैना जेसीजले निरन्तर रुपमा युवाहरूको व्यक्तित्व विकास, नेतृत्व निर्माण तथा सामुदायिक योगदानका गतिविधिहरूलाई अघि बढाउँदै आएको छ ।















