वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि सृष्टि युवा क्लबले जित्यो

सैनामैना, रुपन्देही ।
“हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजित ११५औँ भड्छा महोत्सव अन्तर्गतको वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

भड्छा गाउँ समाज, सैनामैना–८, रुपन्देहीको आयोजनामा माघ ०३, ०४ र ०५ गते सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा सृष्टि युवा क्लब, सैनामैना ३ दरखासीले शानदार प्रदर्शन गर्दै उपाधि हात पारेको छ। फाइनलमा सृष्टि युवा क्लबले मलमला एजुकेशन प्रा.लि. बासगढीलाई ३( ० को सोजो सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएको हो।

प्रतियोगितामा प्रथम हुने टोली सृष्टि युवा क्लबले नगद रु २५,००० नगद पुरस्कार प्राप्त गरेको छ भने द्वितीय हुने मलमला एजुकेशन प्रा.लि. ले नगद रु १५,००० नगद पुरस्कार मा चित्त बुझाएको छ। प्रथम हुने टोली सृष्टि युवा क्लबले विगत तीन वर्ष लगातार उपाधि जित्दै ह्याट्रिक समेत गरेको छ ।

स्थानीय कला, संस्कृति र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा वडा तथा आसपासका विभिन्न टिमहरूको उल्लेख्य सहभागिता रहेको थियो। खेल सञ्चालन अवधिभर दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation