
विमल गैरे, सैनामैना ।
सैनामैना जेसीज वर्ष २०२६ का लागि अध्यक्ष पदमा जेसी गोपाल भण्डारी निर्वाचित हुनुभएको छ। हालै सम्पन्न अधिवेशनबाट भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै सैनामैना जेसीजले नयाँ कार्यकालको औपचारिक सुरुवात गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षमा जेसी सन्दिप सेन्चुरी र जेसी प्रदिप ढकाल चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षहरूमा जेसी प्रकाश भण्डारी, जेसी हर्षित गौतम, जेसी अभिषेक पाण्डे र जेसी प्रवेश शर्मा वाग्ले रहनुभएको छ । सचिव पदमा जेसी कविता चापागाईं चयन हुँदा सह–कोषाध्यक्षमा जेसी अंकिता पौडेल चयन हुनुभयो ।
सैनामैना जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी गोविन्द खरेलले नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण बोर्ड पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको गरिमा र उद्देश्यअनुसार सक्रिय भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभएको छ।
नवनिर्वाचित अध्यक्ष जेसी गोपाल भन्डारीले सबै जेसीज सदस्यहरू तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “सैनामैना जेसीजको अध्यक्ष जस्तो जिम्मेवार पदमा मलाई विश्वास गरी निर्वाचित गर्नु भएकोमा सम्पूर्ण सदस्यहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । यो पदलाई सम्मान होइन, जिम्मेवारीका रूपमा लिएको छु । आगामी कार्यकालमा टिमवर्क, पारदर्शिता र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै युवालाई सक्षम, उत्तरदायी र समाजप्रति समर्पित बनाउने कार्यक्रमहरू सञ्चालन गरिनेछ । पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू तथा वर्तमान बोर्डको सुझाव र सहकार्यमा सैनामैना जेसीजलाई अझ सक्रिय, प्रभावकारी र उदाहरणीय संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।”












