यो निर्वाचनमा फेरी पनि कसैको भोट बैक नबनोस मधेश

लोकन्त्रलाइ जीवन्त राख्ने फाल्गुन २१ को लागि सिंगो देश नै संघीय प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको माहाकुम्भमा होमिएको छ | यो बिशेष परिस्तिथिबाट उबजिएको भएर हामि सबै मुखरित नै छम, यसबारे चर्चा परिचर्चा गर्न परिरहेंन | यो निर्वाचन संघीय प्रतिनिधि सभाको जम्मा २७५ सिट मध्ये, १६५ सिट प्रत्यक्ष निर्वाचन तर्फ अर्थात् व्यक्तिलाई मतदान गर्ने जसको मतपत्र सेतो कागजमा रातो मसिले छापिएको हुन्छ  र ११० सिट समानुपातिक तर्फ जुन मतदाताले ब्यक्तिलाइ मतदान गर्नु भन्दा सिंगो कुनै एउटा पार्टीलाइ मतदान गरिन्छ जसको मतपत्र सेतो कागजमा कालो मसिले लेखिएको हुन्छ |

पुराना र भनिएको नयाँ दलको चुनाव सभा वा कोण सभा यसपाली मधेशको रंगमन्चबाट सुरु भएको छ | क्षेत्रफलको हिसाबले मधेश प्रदेश अरु बाकि प्रदेशको भन्दा सानो तर जनघनत्वको सापेक्षमा सबैभन्दा बढी जनसंख्या लगभग ६१ लाख भन्दा बढी भएको प्रदेश हो | जनसंख्याको हिसाबले यो प्रदेश ठुलो नि हो संगै सबैभन्दा बढी मतदाता संख्या भएको दोस्रो प्रदेश पनि हो, जहा प्रत्यक्ष तर्फ ३२ सिट रहेको छ | जुन रास्ट्रीय राजनीतिमा ठुलो महत्व राख्ने देखिन्छ |

यहि निर्वाचनको माहोलमा मधेश प्रदेश सरकारको, प्रदेश नीति तथा योजना आयोगले केहि दिन अघि ‘मधेश पार्श्वचित्र२०८२ निकालेको छ | जसमा मधेश प्रदेशको चौतर्फी आयाममा डरलाग्दो वृत्त चित्रलाइ नंग्याएको छ | आउनुहोस त्यसैको बारेमा यस लेखमा चर्चा गरौ |

लाग्न सक्छ यो प्रदेश भारत संग प्रत्यक्ष रुपमा सिमाना जोडिएकोले त्यहाँ बसोबास गर्ने मानिसहरुले आत्मनिर्भर र गरि खाने छन तर वास्तविकता त्यस्तो छैन, अरु सबै प्रदेशको भन्दा ६५.२% प्रदेशको जनसंख्या परनिर्भर छ| सन् २०३० देखि २०५० सम्मको २५ बर्षे अवधिमा यस प्रदेशलाई आर्थिक अवसरको झ्यालको रुपमा चित्रण गरिएको छ | संगै यस अवधिमा सक्रिय उमेर समुहको बाहुल्यता रहेको ( सक्रिय उमेर समुह १४-५९ ) छ जुन यस उमेर समुहलाई शिक्षा, रोजगारी र सिप बिकासमा लगानी नगरिएमा यो अवसर गुमी भविष्यमा आर्थिक संकट निम्त्याउने देखिन्छ |

गरिबीको बहुयामिक क्षेत्रलाई हेर्ने हो भने राष्ट्रिय स्तरमा गरिबिक्को रेखा मुनि बसोबास गर्ने जनसंख्याको अनुपात २०.२७% रहेको मा यस प्रदेशको सो स्तर भन्दा २२.५६% रहेको छ | बहुयामिक रुपमा हेर्ने हो भने ३२.३% जसमा त्यहाँ बस्ने बालबालिकाको संख्या सबैभन्दा उच्च ५,७८,२०० रहेको छ र हामि हाम्रो बालबालिका सम्बन्धी नीति मा “ बालबालिका देशका कर्णधार “ हुन् भनेर महत्वाकांक्षी  नारा राखका छौ जुन वास्तविकता भन्दा फरक छ  |जुन राष्ट्रिय औसतभन्दा धेरै गम्भीर हो | मधेशमा गरिबी बढ्नुको कारण शिक्षा रहेको छ |

जसलाई आधार स्तम्भ दिने यस प्रदेशको साक्षरता दरले ठुलो भूमिका खेलेको छ | मधेश प्रदेशको युवा समुहको साक्षरता दर केवल ६३.५% मात्र रहेको छ जुन राष्ट्रिय दर ९५% भन्दा धेरै कम हो | त्यस्तै, युवतीहरुको साक्षरता डर केवल ५४.७% छ जुन राष्ट्रिय दर ९२.८% एकदम काहाली लाग्दो छ | यसलाई यसरि नि हेर्न सक्छौ प्रदेशको जनसंख्यामा हरेक पाँचमा एक जना दलित र हरेक आठमा एक जना मुस्लिम समुदायका व्यक्ति गरिब र अशिक्षित छन् | यसले गहिरो साक्षरता खाडल मधेश प्रदेशको शिक्षाको क्षेत्रमा सबैभन्दा गंभिर असमानता निम्त्याएको छ |

स्वास्थ्य र पोषणको अवस्थालाइ नाङ्गो आखाले नियाल्दा एउटा कुनै सकारात्मक बुँदा भेटिदैन | जस्तै मातृ मृत्युदर प्रति १ लख जीवित जनमा २३९ बाट घटेर १४० मा झरेको छ | त्यस्तै प्रजनन उमेरका महिलाहरुमा रगतको कमि को दर ५२.४% र बालबालिकामा ५०.६% छ जुन सवास्थय र पोषणको नजरले एअक्दम चिन्ताजनक कुरा हो |

संगै यो मधेश पार्श्वचित्र२०८२ ले पुर्बधार, उर्जा,वाताबरण र कृषि लागायत सन् १९९२ मा पृथ्वी सम्मेलनले अंगालेको १७ ओटा दिगो बिकासका लक्ष्यहरु मा अध्ययन गरेको छ जुन हाम्रो देश त्यो सम्मेलनको पक्ष राष्ट्र हो | त्यसमा लिएको लक्ष्य पुरा गर्न कुनै किसमको प्रभावकारी र प्रयाप्त कदम चाल्नु कुरा त् परे जाओस त्यस लाइ पुरा गर्न कुनै अवस्था देखिदैन् | कुनै लक्ष्यमा सकारात्मक पक्ष तुलनात्मक रुपमा देखिदैनं |

हामीलाई लाग्न सक्छ, मधेशले कहिले संघीय कार्यकारी भूमिकाको नेतृत्व दिएको छैन तर त्यो पनि होइन, हाम्रो मधेशले दुइटा माधव नेपाल र प्रचण्डको रुपमा कार्यकारी प्रमुख रुपमा दियो त्यस्तै राष्ट्र प्रमुखको रुपमा रामवरण यादव पहिलो र अहिलेको रामशरण प्रसाद यादव भएका छन तथा शिक्षा मन्त्रिहरु लगायत प्राय: हरेक सरकारमा सामेल भएकै देखिन्छ तर कुनै ठोस परिणाम नाएअको देखिन्छ |

तसर्थ यो चुनाव हाम्रो मधेशको लागि वा सिंगो देशको लागि एउटा मत मात्र नभएर परिवर्तनको आधार स्तम्भ हुनेछ | त्यसैले यो निर्वाचनमा आफ्नो एउटा मत दिन सबै किसिमको अल्गोरिथ्मले डोर्याएको भन्दा आफ्नो भित्रि अन्त्स्कर्णले चिताएको सक्षम, योग्य, इमान्दार, चुनावमा देखाएको पारदर्शिता र संसदको भूमिकामा अबल हुने उम्मेवारलाई चुन्नु होला | किनकी यो चुनाव राजनीतिक दल, उम्मेदवारको परिक्षण मात्र नभएर हामि मतदाताको पनि कठोर परिक्षण हो | आज देस्खी सुरु हुने मौन अवधिलाइ मनि अवधिमा नबदली आफनो बिबेक, हरेक पार्टीको घोषणा पत्रले अंगालेको सिधन्तमा बसेर निर्यण लिनुहोला |

अन्त्यमा, शिक्षामा अवसर विस्तार र पोषणको समस्या समाधान गर्ने कार्य राष्ट्रिय प्राथमिकता रहनुपर्छ | मधेशका लागि विधालय उपस्थिति दर बृधि गर्ने र त्यसका लागि तत्काल नीति स्तरमा ध्यान दिन आवश्यक छ | त्यस्तै कृषि, पूर्वाधार विकाश गर्नुपर्ने आवश्यकतालाई स्पष्ट पार्नुपर्ने देखिन्छ | यो सबैमा सुधार गर्न प्रदेश संगै अहिले आउने संघीय प्रतिनिधि सभा र संघीय सरकारले गर्ने छ जुन आउने फाल्गुन २१ गते हामीले गर्ने नागरिक सार्वभौम सत्ताको अधिकारको प्रयोगले निर्धारण गर्ने छ |

 

  • ईसराफिल गदी
  • कानुनका बिधार्थी
  • लुम्बिनी बौद्ध बिश्वबिधालय, स्कुल अफ ल बुटवल -१२

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation