तीन लाख पुरस्कार राशीको जि.एम.भलिबल कप–२०८२ भोलिबाट

रुपन्देही । नवलपुरको कावासोतीमा ‘जि.एम. भलिबल कप–२०८२’ भोलीबाट सुरु हुने भएको छ। जि.एम. सोसाइटी (समाज) को आयोजनामा हुने प्रतियोगिता फागुन २८ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

कावासोतीस्थित कुमारवर्ती बहुमुखी क्याम्पसमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० टिमको सहभागिता रहनेछ। प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, नेपाल आर्मी सहित सातै प्रदेशका टिमहरू प्रतिस्पर्धामा उत्रनेछन्।

प्रतियोगितामा विजेता टिमले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँ पाउनेछन्। त्यस्तै तृतीय स्थान हासिल गर्ने टिमलाई १ लाख रुपैयाँ तथा सान्त्वना टिमलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ तथा अन्य विधागत उत्कृष्ट खेलाडीहरूलाई ५–५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिता गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा को प्रवर्द्धनमा आयोजना हुन लागेको हो। खेलकुदमार्फत राष्ट्रिय गरिमा बढाउने तथा सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक जि.एम. सोसाइटीले जनाएको छ।
खेलको प्रत्यक्ष प्रशारण बविन गाहा युट्युव च्यानलबाट हेर्न सकिने छ ।

May be an image of text

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation