सैनामैना नगरपालिकामा आजबाट राष्ट्रिय परिचयपत्र कार्ड वितरण सुरु

विमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिकामा आजबाट राष्ट्रिय परिचयपत्र (नेशनल आईडी) कार्ड वितरण सुरु गरिएको छ। नगरपालिकाले सूचना जारी गर्दै २०७८ सालमा घुम्ती टोलीमार्फत राष्ट्रिय परिचयपत्रको फाराम भरेका नागरिकहरूको कार्ड आइपुगेको जानकारी दिएको हो।

नगरपालिकाका अनुसार सम्बन्धित नागरिकहरूले आफ्नो वडा कार्यालयमा स्वयं उपस्थित भई कार्ड बुझ्न सक्नेछन्। कार्ड लिन आउँदा आवश्यक कागजात राष्ट्रिय परिचयपत्रको भर्पाई फाराम (राष्ट्रिय परिचयपत्र भरेको फाराम) र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने बताइएको छ।

नगरपालिकाले सम्बन्धित सबै नागरिकलाई तोकिएको कागजातसहित आफ्नो वडा कार्यालयमा उपस्थित भई राष्ट्रिय परिचयपत्र कार्ड बुझ्न अनुरोध गरेको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation