
बिमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिका–४ मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनपछि मतगणना प्रक्रिया जारी रहेको छ।
अहिले खानिपानीको सभाहलमा मतगणना जारिछ पछिल्लो बिहान ४:२५ बजे सम्म ६०० मत गन्दा अध्यक्ष पदमा लाल बहादुर रावलले अग्रतालाइ बढाउदै लगेका छन । रावलले २६४ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी देबिदत्त सुबेदिले २०० मत प्राप्त गरेका छन् भने नेत्र थापाले ९६ मत पाएका छन्।
उपाध्यक्ष पदमा रमादेवी उपाध्याय पौडेल १९२ मतसहित अगाडि छन् उनलाइ बसन्ता रेग्मी क्षेत्रीले १८६ मत सहित पछ्छाइ रहेकी छ्न । गिता अधिकारिले १४४ मत प्राप्त गरेका छन्।
सचिव पदमा निर्मल राज पौड्यालले १९५ मत सहित अग्रस्थानमा छन भने लक्ष्मी श्रेष्ठले १९० मत र मोहन कुमार सिजालीले १६४ मत प्राप्त गरेका छन्, जसले प्रतिस्पर्धा निकै कडा देखिएको छ।
कोषाध्यक्ष पदमा राधा पौडेलले २०५ मत, बिष्णु कुमारी थापाले १९३ र कृष्ण कला काफ्लेले ११४ मत प्राप्त गरेका छन्।
अन्य खुला सदस्य पदमा पनि उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक मत प्राप्त भइरहेको छ।
शनिवार सम्पन्न मतदानमा कुल ४,६८६ उपभोक्ता मध्ये २,८७१ मत खसेको थियो ।
निर्वाचन समितिका अनुसार मतगणना जारी रहेको छ र अन्तिम परिणाम आज रातिसम्म सार्वजनिक गर्ने तयारी गरिएको छ।












