
बिमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिका–४ मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनपछि अहिले मतगणना जारी रहेको छ।
अहिले खानिपानीको सभाहलमा मतगणना जारिछ पछिल्लो मतगणना अनुसार बिहान 12 बजे सम्म करिब 1211 मत गन्दा अध्यक्ष पदमा लाल बहादुर रावलले अग्रतालाइ बढाउदै लगेका छन । रावलले ५२४ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी देबिदत्त सुबेदिले ३९६ मत प्राप्त गरेका छन् भने नेत्र थापाले २०४ मत पाएका छन्।
उपाध्यक्ष पदमा रमादेवी उपाध्याय पौडेल ३७१ मतसहित अगाडि छन् उनलाइ बसन्ता रेग्मी क्षेत्रीले ३५९ मत सहित पछ्छाइ रहेकी छ्न । गिता अधिकारिले ३१५ मत प्राप्त गरेका छन्।
सचिव पदमा भ्ने निर्मल राज पौड्यालले उछिन्दै लक्ष्मी श्रेष्ठले अग्रता लिएकी छिन श्रेष्ठले ३८६ म ल्याउदा पौडेलले ३७६ मत प्राप्त गरेका छ्न । मोहन कुमार सिजालीले ३२७ मत प्राप्त गर्दै श्रेष्ठ र पौडेललाइ पछ्छाइरहेका छ्न ।
कोषाध्यक्ष पदमा राधा पौडेलले ३७६ सहित अराडी रहदा उनलाइ बिष्णु कुमारी थापाले ३५६ मत सहित पछ्छाउदै छिन । कृष्ण कला काफ्लेले २७० मत प्राप्त गरेकि छन्।
अन्य खुला सदस्य पदमा पनि उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक मत प्राप्त भइरहेको छ।
शनिवार सम्पन्न मतदानमा कुल ४,६८६ उपभोक्ता मध्ये २,८७१ मत खसेको थियो ।
निर्वाचन समितिका अनुसार मतगणना जारी रहेको छ र अन्तिम परिणाम आज रातिसम्म सार्वजनिक गर्ने तयारी गरिएको छ।









