
बिमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिका–४ मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनपछि अहिले मतगणना जारी रहेको छ।
अहिले खानिपानीको सभाहलमा मतगणना जारिछ पछिल्लो मतगणना अनुसार २२७० मत गन्दा अध्यक्ष पदमा लाल बहादुर रावलको ८९० सहित निरन्तर अग्रपंक्तिमा रहेका छन । उनका निकटतम प्रतिस्पर्धी देबिदत्त सुबेदिको ७८६ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धा नेत्र थापाले ४०६ मत पाएका छन्।
उपाध्यक्ष पदमा रमादेवी उपाध्याय पौडेल ६९७ मतसहित अगाडि छन् उनलाइ बसन्ता रेग्मी क्षेत्रीले ६४० मत सहित पछ्छाइ रहेकी छ्न । गिता अधिकारिले ५७८ मत प्राप्त गरेका छन्।
सचिव पदमा भने निर्मल राज पौड्यालको अग्रता कायमै छ । पौड्यालको ७०८ ल्याउदा लक्ष्मी श्रेष्ठले ६८७ मत प्राप्त गरेकी छिन । यस्तै सचिब पदका अर्का प्रत्यासी मोहन कुमार सिजालीले ६०१ मत प्राप्त गरेका छन ।
कोषाध्यक्ष पदमा राधा पौडेललेले निरन्तर अग्रता बढाउदै गएकी छिन पौडेलको ७२७ मत प्राप्त गर्दा बिष्णु कुमारी थापाले ६३२ मत प्राप्त गरिन । यस्तै कृष्ण कला काफ्लेले ५४९ मत प्राप्त गरेकि छन्।
यस्तै सह सचिब पद र अन्य खुला सदस्य पदमा पनि उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
शनिवार सम्पन्न मतदानमा कुल ४,६८६ उपभोक्ता मध्ये २,८७१ मत खसेको थियो ।
निर्वाचन समितिका अनुसार मतगणना जारी रहेको छ र अन्तिम परिणाम आज रातिसम्म सार्वजनिक गर्ने तयारी गरिएको छ।









