सैनामैनामा क्रिकेटको नयाँ उत्साह : खेलाडीलाई जर्सी वितरण, राष्ट्रिय खेलाडी निश्चल क्षेत्री सम्मानित

सैनामैना । सैनामैना क्रिकेट क्लवद्वारा रुपन्देही सुपर लिग खेल्न तयारीमा रहेका खेलाडीहरुलाई जर्सी वितरण गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच खेलाडीहरुलाई जितको शुभकामना दिँदै जर्सी हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै भर्गो अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद शर्माले खेल क्षेत्रको विकास र खेलाडीहरुको हितका लागि आफूहरू तन, मन र धनले सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो ।
त्यसैगरी, क्लवका निवर्तमान अध्यक्ष कृष्ण भण्डारी, सुनगाभा पब्लिक स्कुलका प्राचार्य तिलव केसी तथा बुद्ध इङ्लिस स्कुलका प्राचार्य लेखनाथ गैरेले खेलाडीहरुलाई शुभकामना दिँदै सैनामैनाको नाम उच्च राख्ने गरी उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो । उनीहरूले खेल क्षेत्रको उन्नतिका लागि आवश्यक सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रमकै अवसरमा अण्डर–१९ राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेलसमेत खेलिसकेका खेलाडी निश्चल क्षेत्रीलाई सम्मान गरिएको थियो ।
सैनामैना क्रिकेट क्लवको प्रिमियर लिग टोलीको कप्तानी सुनिल पौडेलले सम्हाल्नुभएको छ भने उपकप्तानमा विक्रम गौतम रहनुभएको छ । टोलीमा मनिष खत्री, सुशान्त क्षेत्री, किरण भट्टराई, निश्चल क्षेत्री, यदु यादव, विवेक बेलबासे, गणेश घिमिरे, अप्सन गैरे, दिपेश चौधरी, सौरभ पाण्डे, सुवास चौधरी, तेजेन्द्र क्षेत्री र रोहित भुसाल रहेका छन् । टोलीका प्रशिक्षक प्रितम श्रीस र व्यवस्थापक प्रवेश रेग्मी रहनुभएको छ ।
क्लवका अध्यक्ष कृष्ण ज्ञवालीले सैनामैनामा केही समयदेखि सुस्ताएको क्रिकेटलाई पुनः उचाइमा पुर्‍याउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम क्लवका अध्यक्ष कृष्ण ज्ञवालीको अध्यक्षता तथा कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, शिक्षक, संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा खेलाडीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लवका सचिव किरण तिवारीले गर्नुभएको थियो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation