सैनामैना–३ लाई पूर्ण खोप दिगोपना सुनिश्चित वडा घोषणा

सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ लाई “पूर्ण खोप दिगोपना सुनिश्चित वडा” घोषणा गरिएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ३ गंगानगर, रुपन्देहीको आयोजनामा सम्पन्न घोषणा समारोह मार्फत वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।

“स्थानीय स्रोतको उपयोग, स्वामित्तव सहभागिता पूर्ण खोप पालिका हाम्रो प्रतिबद्धता” भन्ने नारासहित आयोजित कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका,अभिभावक तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बालबालिकालाई आवश्यक सबै खोप समयमै उपलब्ध गराई स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माणमा पूर्ण खोप अभियानको महत्वपूर्ण भूमिका रहेको बताइएको थियो । साथै पूर्ण खोप सुनिश्चित घोषणालाई निरन्तरता दिँदै आगामी दिनमा पनि प्रत्येक बालबालिकाले नियमित खोप पाउने वातावरण सुनिश्चित गर्न सबै पक्ष प्रतिबद्ध रहने जनाइएको छ ।

घोषणा कार्यक्रममा सहभागी सरोकारवालाहरूले पूर्ण खोप अभियानलाई सफल बनाउन समुदायस्तरबाट निरन्तर सहयोग र सचेतना आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation