सैनामैनामा फेरि सुनगाभाकै दबदबा : शतप्रतिशत नतिजासहित ४ विद्यार्थीले ल्याए GPA 4.0

विमल गैरे, सैनामैना ।
सैनामैना–३ स्थित सुनगाभा पब्लिक सेकेन्डरी स्कुलले २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै सैनामैना नगरपालिकाभित्र प्रथम स्थान हासिल गरेको छ। विद्यालयबाट सहभागी सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन् भने ४ जना विद्यार्थीले उत्कृष्ट GPA 4.0 ल्याउन सफल भएका छन्।

विद्यालयका अनुसार कृष्टि ज्ञवाली, कृष्टीना ज्ञवाली, राजिभ खनाल क्षेत्री र विप्लव भण्डारीले GPA 4.0 ल्याएर विद्यालयलाई थप गौरवान्वित बनाएका हुन्।

सधैं उत्कृष्ट शैक्षिक नतिजा दिँदै आएको सुनगाभा पब्लिकले यस वर्ष पनि आफ्नो उत्कृष्टता कायम राख्न सफल भएको छ। विद्यालयले  नतिजाप्रति खुसी व्यक्त गर्दै सफल सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

विद्यालयका अनुसार गुणस्तरीय शिक्षा, अनुशासित अध्ययन वातावरण तथा शिक्षक–अभिभावकबीचको समन्वयकै कारण विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको जनाएको छ।

यस वर्षको नतिजासँगै सुनगाभा पब्लिक सेकेन्डरी स्कुलले सैनामैनाको शैक्षिक क्षेत्रमा आफ्नो उत्कृष्ट पहिचानलाई पुनः स्थापित गरेको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation