
विमल गैरे, सैनामैना । एसईई २०८२ को नतिजामा सैनामैना नगरपालिका भित्र सामुदायिक विद्यालयतर्फ ४.० GPA ल्याउने एकमात्र विद्यालयको रूपमा सैनामैना प.प. नमूना माध्यमिक विद्यालय बनेको छ ।
विद्यालयबाट सहभागी विद्यार्थी अंकित घिमिरे र सुषान्त खरेल ले ४ GPA प्राप्त गर्दै विद्यालयको गौरव बढाएका हुन्। साथै अन्य विद्यार्थीहरूले समेत उत्कृष्ट नतिजा हासिल गरेका छन्।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार GPA ४.० मा २ जना, GPA ३.६ देखि ४.० सम्म ३९ जना, GPA ३.२ देखि ३.६ सम्म ६१ जना, GPA २.८ देखि ३.२ सम्म ७५ जना तथा GPA २.४ देखि २.८ सम्म १८ जना विद्यार्थी सफल भएका छन्। यस वर्ष विद्यालयबाट कुल १९५ विद्यार्थी सहभागि भएका थिए ।
विद्यालयको निरन्तर उत्कृष्ट शैक्षिक नतिजाले सैनामैना क्षेत्रमै नयाँ उदाहरण प्रस्तुत गरेको भन्दै अभिभावक तथा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।
विद्यालय परिवारले SEE २०८२ मा उत्कृष्ट सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।












