निरुता महिला राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान

काठमाडौँ । नेपाल भलिबल संघले निरुता ठगुन्नालाई नेपाली महिला भलिबल टोलीको कप्तान चयन गरेको छ।

संघको आज बसेको ६९औँ केन्द्रीय कार्यसमितिको बैठकले निरुतालाई कप्तानमा चयन गरेको आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएको छ।

निरुताको कप्तानीमा नेपालले अर्को साता काठमाडौंमा सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिप खेल्नेछ। निरुतालाई कप्तानको जिम्मेवारी पाएकोमा संघले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ। साथै उनको नेतृत्वमा नेपाली महिला भलिबल टोलीले थप सफलता हासिल गर्ने विश्वास व्यक्त गरिएको छ।

निवर्तमान कप्तान अरुणा शाही देश बाहिर रहेका कारण भलिबल टोलीमा नयाँ कप्तान चयन गरिएको हो । निरुता झन्डै ७ वर्षयता राष्ट्रिय टोलीको सदस्य रहँदै आएकी छिन्।

निरुतासम्मिलित टोलीले सेन्ट्रल जोन उपाधिका साथै १३ औं दक्षिण एसियाली खेलकुद साग मा रजत पदक जितेको छ। उनी एपिएफकी पनि कप्तान हुन्।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation