लायन्स क्लब अफ सैनामैना मलमलाको उदाहरणीय काम : १४ लाखमा लायन्स् बाटिका निर्माण

सैनामैना । लायन्स क्लब अफ सैनामैना मलमलाले लायन्स बाटिका निर्माण गरेको छ । आफ्नो सिग्नेचर प्रोजेक्ट अनुसार रुपन्देहीको सैनामैना नगरपालीका वडा नम्बर ६ मा अबस्थित दुधराक्ष स्वास्थ्य चौकीको प्रागंढमा पहिलो चरण अन्र्तरगत लायन्स प्रतीक्षालय निर्माण सम्पन्न गरीसकेको छ भने प्रतीक्षालय अगाडी नै लायन बाटीकाको काम पनी शुरु गरीसकेको छ ।
हालसम्म ६ लाख रुपैया खर्च गरिसकेको क्लबले उक्त बाटीका सम्पन्न गर्दासम्म १४ लाख खर्च लाग्ने लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष लायन जिबन घिमिरेले जानकारी दिए । दुधराक्ष स्वास्थ्य चौकीमा आउने सेवाग्राहीको समस्यालाइ मध्यनजर गर्दै सामाजीक उत्तरदायीत्व बोध गर्दै बाटीकाको कार्यक्रमलाइ मुर्तरुप दिन लागीएको क्लबका चार्टर प्रेसीडेन्ट कृष्णप्रसाद शर्माले बताए । उनका अनुसार अशक्त, बृद्ध , सुत्केरी तथा अपाङहरुलाइ बिशेष लक्षीत गरी परियोजना अगाडी बढेको बताउछन । सम्पुर्ण क्लबका सदस्यहरुको अथक मेहेनतका कारण अभियान सम्पन्न हुन लागेको क्लबका पुर्व अध्यक्ष युवराज कार्कीले बताए । त्यसो त क्लबले ग्लोबल कज अन्र्तरगत ९ वटा क्षेत्रमा बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । जस अन्र्तरगत बृक्षारोपण, लागुपदार्थ दुव्र्यसनी देखी मेन्टल हेल्थ सम्बन्धी कार्यक्रमहरु सम्पन्न गरीसकेको छ ।
यसैगरी आफ्नो वडामा सामाजिक काम अन्र्तगत लायन्स बाटीका जस्तो उत्कृष्ट ठाउ निर्माण गरिदिएकोमा वडा नं. ६का अध्यक्ष गोपाल पोख्रेलले खुशी व्यक्त गरे ।

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation