सुपर सिक्स कलौनी कान्तिपुर शिक्षक क्रिकेट कप जेष्ठ १५ बाट लम्टैयामा हुने

सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको कलौनी कान्तिपुर इङलिस स्कुलको आयोजनामा सुपर सिक्स शिक्षक क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मैत्रीपूर्ण खेल बलियो सम्बन्ध भन्ने मुल नाराका साथ क्रिकेट प्रतियोगिता हुन लागेको विद्यालयले जनाएको छ ।
एकआपसका विद्यालय तथा शिक्षकहरूमा आत्मीयता वृद्धिका लागि कार्यक्रम गर्न लागिएको विद्यालयका प्राचार्य सुनिल पोखरेलले उपकार अनलाईनलाइ जानकारी दिए। नगरपालिका भित्रका सम्पूर्ण विद्यालयलाई समेट्ने गरी कार्यक्रम गर्न लागिएको विद्यालयले जनाएको छ।

जेठ १५ गतेबाट सुरु हुन लागेको खेलका लागि ४ गते सोमबारबाट टीम दर्ता कार्यक्रम सुरु हुने विद्यालयले बताएको छ। विद्यालयले सम्पूर्ण विद्यालयहरूलाई पत्राचार गरी टिम दर्ताका लागि आह्वान समेत गरेको छ।खेल सैनामैना नगरपलिका वार्ड नम्बर -७ लम्टैया स्थित गौतम बुद्ध अन्तराष्टिय क्रिकेट रङ्गशालामा हुने छ । विद्यालयले विभिन्न समयमा रचनात्मक र सृजनशील कार्यक्रम सँगै विद्यालय खेलकुद गतिविधिलाई पनि विशेष प्राथमिकतामा राखेको छ ।

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation