शैक्षिक उत्कृष्टतालाई सैनामैनाको सम्मान, ४ जिपिए ल्याउने विद्यार्थीदेखि उत्कृष्ट विद्यालयसम्म सम्मानित

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी , शिक्षक तथा विद्यालयहरुलाई एक औपचारीक कार्यक्रमको आयोजना गरी विशेष सम्मान गरेको छ।

नगरपालिकाले आयोजित कार्यक्रममा आधारभूत तह कक्षा ८ को परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने ५ जना विद्यार्थीलाई सम्मान गरिएको थियो।
त्यसैगरी माध्यमिक शिक्षा परीक्षा एसइइ मा ४ जिपिए सहित सर्वोत्कृष्ट नतिजा ल्याउने १० जना विद्यार्थीलाई पनि नगद, तथा सम्मानपत्रसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा ४ जिपिए सहित शतप्रतिशत नतिजा ल्याउन सफल १० वटा विद्यालयलाई समेत विशेष सम्मान गरिएको थियो।

सम्मानित विद्यालयहरुको शैक्षिक योगदानको प्रशंसा गर्दै नगरपालिकाले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा नगर प्रमुख, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो। नगर प्रमुख फणेन्द्र प्रशाद शर्माले मेहनत, अनुशासन र गुणस्तरीय शिक्षामार्फत सैनामैनाले शिक्षा क्षेत्रमा उदाहरणीय पहिचान बनाउँदै गएको बताउनुभएको छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation