कपिलवस्तु क्षेत्र नं १ को रास्वपामा उदाए शालीन ब्याक्तित्व थापा र श्रेष्ठ

कपिलवस्तु । देसभर १६५ निर्वाचन क्षेत्र मा भएको राष्ट्रिय स्वतन्त्र पार्टी को निर्वाचन क्षेत्र नेतृत्व चयन को डिजिटल भोटिङ्ग सहित को निर्वाचन को अन्तिम परिणाम हिजो राती अबेर प्रकासन भएको छ। कपिलवस्तु जिल्ला को निर्वाचन क्षेत्र नम्बर १ मा भएको निर्वाचन बाट रास्वपाको आन्तरिक निर्वाचन मा ८ जनाको उम्मेदवारी दर्ता भएको थियो।

उक्त निर्वाचन मा सर्वाधिक मत सहित लामो समय स्वास्थ्य सेवाको रुपमा सेवारत,यश क्षेत्र का विभिन्न सामाजिक संघ संस्था मा अग्रणी भुमिका मा महत्त्वपूर्ण योगदान पुराउनुभएका जितपुर चोक को थापा मेडिकल का संचालक बिक्रम थापा निर्वाचित हुनुभएको छ। त्यसै गरि सोही निर्वाचन प्रक्रियामा सहभागिता जनाउनु भएका नेपाल परिवार नियोजन संघ मा करिब २५ बर्स सम्म विभिन्न जिल्ला को शाखा प्रवन्धक को रुपमा काम गरि पछिल्लो समय विभिन्न सामाजिक क्रियाकलाप मा अग्रणी नाम USAID को स्वास्थ्य सेवा प्रदायक जिम्मेवारी मा महत्त्वपूर्ण योगदान गरि परिवर्तनको पक्ष मा काम गर्ने हेतुले जितपुर कै हेमन्त कुमार श्रेष्ठ पनि सोही निर्वाचन बाट सम्मानजनक मत सहित निर्वाचित हुनु भएको छ।

निर्वाचन प्रक्रिया बाट मायादेवी गांउपालिका का शैक्षिक एब शालिन युवा ब्याक्तित्व नवीन कुमार चौधरी,शन्जु शिंह बिष्ट र बाणगङ्गा कि शैक्षिक महिला नेत्री रामकला बस्याल उत्कृष्ट मत सहित निर्वाचित हुनुभएको छ।रास्वपाको निर्वाचन मा सहभागी भै निर्वाचित हुने सबै उम्मेदवार समाजमा राजनैतिक हिसाब ले अपरिचित जस्तै नाम हुन तर देस मा भैरहेको बेथिती बिसङ्गती का विरुद्धमा आएको यो टिम नै अत्यन्तै शालिन र भद्र रहेको कपिलवस्तु जिल्ला सभापति शिव कुमार सुवेदी ले जनाउनु भएको छ।

उदार प्रजातान्त्रिक आन्तरिक निर्वाचन पद्धतिमा अन्लाईन उम्मेदवारी र अन्लाईन भोटिङ्ग को यो अभ्यासमा निर्वाचन प्रक्रियामा मा युवा नेता सुशील खत्री ,युवा ब्यबासाइ देबिलाल कंडेल र गोबिन्द घिमिरे समेत मित्रवत प्रतिस्पर्धामा सम्मानजनक मत सहित उपबिजेता बन्नुभएको छ।एउटा निर्वाचन क्षेत्र बाट ५ जना निर्वाचित हुने पार्टी बिधान भएकाले कपिलवस्तु क्षेत्र नम्बर १ बाट थापा,श्रेष्ठ ,चौधरी ,बस्याल र बिष्ट गरि ५ जना निर्वाचित हुनुभएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation