
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अहिलेको परिस्थितिलाई सही ढंगले अध्ययन नै नगरी ल्याइएकाले यसबाट प्रदेशको समृद्धि संभव नभएको जनाएको छ ।
नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले अहिलेको नीति तथा कार्यक्रम सतही रुपमा आएको टिप्पणी गर्दै समग्र विषयवस्तु नै फितलो र कार्यान्वयनमुखी नभएको जनाएका छन् ।
‘प्रदेशको समृद्धिका जुन आधार थिए, तिनलाई साकार बनाउने खालका कार्यक्रम बनाउनुपर्ने थियो, त्यसमा ध्यान दिइएको पाइएन, यसले निराश बनाउने काम गरेको छ । यसरी कसरी नागरिकलाई प्रदेश सरकारको महशुस हुन्छ’–गिरीले भनेका छन् ।
उनले भने–प्रदेशको समृद्धिका जुन आधार थिए तिनलाई साकार बनाउने खालका कार्यक्रम बनानुपर्ने थियो त्यसमा ध्यान दिइएको पाइएन । बरु यसले निराश बनाउने काम गरेको छ । अहिलेको परिस्थितिलाई सही ढंगले अध्ययन गरेको पनि पाइएन । समग्र विषयमा हामीले अध्ययन गरेर धारणा बनाउने छौं ,।’