ठूलापोखराका गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण

 पाणिनी । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ६ ठूलापोखरामा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । गर्भवती तथा सुत्केरी महिलाहरुका लागि लक्षित उपाध्यक्ष मातृशिशु तथा पोषण कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको हो ।

ठूलापोखराका सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना र सरसफाइका लागि पालन गर्नु पर्ने नियमका बारेमा सचेत गराउदै अण्डा लगायतका सामाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष कमल पौडेलले जानकारी दिए । गर्भवती तथा सुत्केरि महिला हरुको पोषण आहार व्यवहार परिवर्तन गर्ने लक्ष्यका साथ अण्डासहित आयोनुन, साबुन, ब्रस, टुथपेस्ट लगाएतका सामाग्रीहरु पनि हस्तान्तरण गरिएको ठूलापोखरा स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष पौडेलले बताए ।

यस्तै बालबालिकाहरुका लागि आवश्यक पौष्टिक आहारका सम्बन्धमा पौष्टिक आहार तयार गर्ने र प्रदर्शन गर्ने कार्यक्रम समेत सम्पन्न गरिएको ठूलापोखरा स्वास्थ्य चौकी इन्चार्ज बिश्वदेव न्यौपानेले जानकारी दिए ।।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation