रास्वपाले देशैभर बजायो घण्टी, कपिलवस्तुका विभिन्न स्थानमा भब्य कार्यक्रम

सागर बेल्बासे, बाणगंगा ।
पार्टी स्थापना दिवसको अवसरमा आयोजित सप्ताह व्यापी कार्यक्रम अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीले विहिवार देशैभर दीप प्रज्वलन सहित ७७ पटक परिवर्तनको सम्वाहकका रुपमा घन्टी बजाउने कार्यक्रम गरेको छ । कपिलवस्तु जिल्लामा पनि असार १ गतेदेखि ७ गतेसम्म विभिन्न सामाजिक क्रियाकलापका साथ बृक्षारोपण,सरसफाइ ,वडा तथा पालिका भेला,रक्तदान संगै दिप प्रज्वलन गरि ७७ पटक घण्टी बजाएर जिल्लाका विभिन्न स्थान संगै बाणगङ्गाको जितपुर चोकमा समेत भब्य रुपले प्रथम बार्सिक उत्सव मनाइएको छ।

लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेल,प्रदेस सदस्य तथा शिक्षा बिभाग प्रमुख रोम बराल,प्रदेश सदस्य एबम जिल्ला सभापति शिव कुमार सुवेदी, बाणगङ्गा नगरपालिका सभापति बुद्दी सागर बेल्बासे को उपस्थिति मा निर्वाचन क्षेत्र नम्बर १,२,३ का नवनिर्वाचित सदस्यहरू क्रमशः बिक्रम थापा,हेमन्त कुमार श्रेष्ठ ,रामकला बस्याल,नवीन कुमार चौधरी,सन्जु शिंह बिष्ट ,अनुप मरासिनी,रामकला बस्याल,माधब पराजुली ,अन्जु शर्मा,अखिलेश्वर दुवे,प्रदिप थापा,दिपक बेल्बासे,सुनिता सुनार लगायतलाई जिल्ला कार्यालय मा पद तथा गोपनियताको सपथ ग्रहण संगै बधाइ र शुभकामना प्रदान गरिएको छ। साथै जिल्ला कार्यसमितिको सचिब पदमा खिमानन्द भट्टराई (सन्तोष) र जिल्ला सल्लाहकार संयोजक मा ॠषिराम अर्याललाई जिम्मेवारी प्रदान गर्दै प्रदेस समितिको सदस्यमा बाणगङ्गा २ का युवा ब्यबसायी, कृयाशिल ब्याक्तित्व देविलाल कंडेल तथा प्रचारप्रसार बिभाग ,उद्योग बिभाग लगायतका लागि कपिलवस्तुबाट केही शैक्षिक ब्याक्तित्वहरुको नाम सिफारिस गरिएको छ।No description available.
विहिवारनै कपिलवस्तु बाणगङ्गा को जितपुर चोक,ओदारि चोक, बुद्दभुमी नगरपालिका को गोरुसिङ्गे चोक,बिरपुर चोक,कपिलवस्तु नगरपालिकाको तौलिहवा ,शिवराज नगरपालिकाको चन्द्रौटा,कृष्णनगर ,मायादेवी ,यसोधरा लगायत का विभिन्न स्थान संगै कार्यक्रममा उपस्थित हुन नसकेका परिवर्तनका पक्षधर घण्टी प्रेमिहरुले विभिन्न मोठमन्दिर तथा घरघरमा नै दिप प्रज्वलन गर्दै घण्टी बजाएर रास्वपा को प्रथम बार्सिक उत्सवमा जयजयकार गरेका छन। बाणगङ्गा नगरपालिका अन्तरगत नगर सभापति बुद्दी सागर बेल्बासे वडा नम्बर १,२,३,५,८,११ का सभापतिहरु क्रमस शंकर पौडेल ,षडानन्द न्यौपाने ,प्रेमलाल भुसाल,धनिस्वर खनाल,गोबिन्द जि सि,नारायण खनालको वडा नेतृत्वमा विभिन्न स्थानमा पहिलो वार्षिका उत्सब मनाइएको छ।

कार्यक्रम विहिवार देश भर केन्द्रिय सभापति रबि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा सुशासन र समृद्धि सहितको परिवर्तन ल्याइ देश र जनताको अवस्था परिवर्तन हुनेछ भन्दै घण्टी बजाएर प्रथम बार्षिक उत्सब भब्यताका साथ मनाइएको प्रदेश प्रवक्ता कमल पोख्रेलले जनाउनुभएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation