“लियो अफ द मन्थ भाद्र” बाट प्रविन गौतम सम्मानित

कपिलवस्तु । मानवीय सेवामा “हामी सेवा गर्छौं ” भन्ने मूल आधारमा बिगत पाँच वर्ष देखि सेवा पूर्याउदै आएको लियो क्लब अफ कपिलवस्तुको लियो वर्ष २०२२ र २३ लाई सफल बनाउनका लागि आफ्नो अमूल्य समय दिएर तथा भाद्र महिनामा उत्कृष्ट कार्य सम्पादन मूल्याङ्कनका आधारमा लियो वर्ष २०२२ र २३ को दोस्रो महिनाको “लियो अफ द मन्थ भाद्र” बाट प्रविन गौतम सम्मानित भएका छन् ।चौथो नियमित बैठक सम्पन्न गर्दा संस्थाका दोस्रो उपाध्यक्ष प्रविन गौतमलाई समानित गरिएको हो ।

उक्त कार्यक्रममा क्लबका अध्यक्ष सागर बन्जाडेले ४ विधामा सबै भन्दा बढी सहयोग पुर्याएको भन्दै गौतम नै यस पटकको सम्मान गर्न योग्य व्यक्ति ठहरीएका बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लियो पुर्व अध्यक्ष पान्डप भण्डारीले “यो बर्ष हामी समाजमा मात्रै परिवर्तन हैन व्यक्तिमा पनि परिवर्तन ल्याउने गरी अघी बढेको बताए।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि तथा लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष रामसुवागे थारूले “यसरी नै हरेक महिना लियो अफ द मन्थ बाट सम्मान गर्ने हो भने हामी आफूमा पनि परिवर्तन ल्याउन सक्छौ ।”संस्थाले आयोजना गरेको बैठकमा अन्य ६ वटा एजेन्डा प्रस्तुत भएको र एजेन्डामा महत्त्वपूर्ण निर्णय भएको संस्थाका सचिव दिपक आचार्यले जानकारी गराएका छन् ।

सागर बन्जाडेको अध्यक्षतामा सम्पन्न बैठकमा पान्डप भण्डारीको प्रमुख आतिथ्यता , रामसुवागे थारूको विशिष्ट आतिथ्यता,लियो संयोजक लायन सन्दिप भट्टराईको बिशिस्ट आतिथ्यता , प्रविन गौतम,पशुपति गिरी, मनिष घिमिरे, हरी गैरे,केशव खनाल , सोनु पौडेल, आशिष भट्टराई, श्रीधर पन्थ, सुरज बेल्बासे लगायतका सदस्यहाँरुको उपस्थिती रहेको थियो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation