
प्युठान। प्युठानको स्वर्गद्वारी नगरपालिकालाई पनि पुर्ण खोप सुनिश्चितता घोषणा गरिए सँगै जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका सहित नौँ वटै स्थानीय तहहरुलाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ।
विहिवार स्वर्गद्वारी नगरपालिका वडा नं.-३ जलुकेमा एक कार्यक्रमका बिच जिल्ला समन्वय समिती प्युठानका प्रमुख तथा जिल्ला खोप समन्वय समिति प्युठानका संयोजक धरम बहादुर जि.सी. ले स्वर्गद्वारी नगरपालिकालाई पुर्ण खोप सुनिश्चतता पालिका घोषणा गर्दै नगर प्रमुख तथा पालिका खोप समितीका अध्यक्ष टेक प्रसाद भण्डारीलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियोे। नगरपालिकाका ९ वटै वडामा जन्म देखी १५ महिनाका जम्मा ६ सय ७ जना बालबालिका र स्वास्थ्यकमीहरुले घरमै पुगेर सर्वेक्षण गर्दा १६ महिना देखी ५९ महिना सम्मको १ हजार ७ सय ७ जना बालबलिकालाई खोप लगाईएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
नगरपालिकाले “स्थानिय श्रोतको उपयोग , स्वामित्व र सहभागिता , पुर्णखोप पालिका हाम्रो प्रतिवद्धता ” भन्ने नारालाई आत्मसाथ गर्दै २०७२ साल देखी यस कार्यक्रमलाई निरन्तरता दिदै आएकोमा यस आर्थिक बर्षको फागुन देखी वैशाख सम्म सबै वडाहरुले सम्पुर्ण प्रक्रिया पुरा गरिसके पछि स्वर्गद्वारी नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको नगरपालिका जन स्वास्थ्य अधिकृत दल बहादुर के.सी.ले बताउनु भयो। यो सँगै जिल्लाका सबै स्थानिय तहहरु पुर्ण खोप सुनिश्चतता घोषणा भएका हुन् ।