
कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा रहेको श्री सिमलपानी साना किसान कृषि सहकारी संस्थाका शेयर सदस्यलाई कृषि सामाग्रि वितरण गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा प्राप्त बजेट बाट ६ सय जना शेयर सदस्यहरुलाई एक शेयर सदस्य बराबर एक हजारी र बेमौसमी तरकारीका विउपल वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै शितगंगा नगरपालिकाकी उपप्रमुख गित भाटले शितगंगा १३ लाई मात्र नभएर सिङ्गो शितगंगालाई नै कृषि मार्फत समृद्धि गराउने बताउनु भएको थियो । शितगंगा पशुपालन, फलफुल खेती र अन्नवालीको राम्रो पकेट क्षेत्र भएकाले महिला दिदिबहिनीहरुलाई कृषि सङ्ग जोडेर आत्मनिर्भर गराउ नगर प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
त्यस्तै कर्यक्रममा बोल्दै वडा नम्बर १३ का वडा अध्यक्ष दुर्गा वि.सी. ले वडलाई कृषि मार्फत आत्मनिर्भर गराउन आफु लागिपरेको बताउनु भएको छ । वडालाई अन्य क्षेत्र बाट भन्दा कृषिको क्षेत्र बाट अगाडि बढाउन सजिलो रहेको भन्दै आगामि योजनामा पनि कृषिलाई प्राथमिकतामा राखेको उहाँले बताउनु भएको छ ।
सहकारीकी अध्यक्ष विष्णु क्षेत्रीको अध्यक्षता, नगर उपप्रमुख गिता भाटको प्रमुख आतिथ्यता, निर्वतमान उप मेयर टिका रेस्मी, वडा अध्यक्ष दुर्गा वि.सी.को विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा वडा सदस्य टान बहादुर वि.सी. को स्वागत तथा वडा सचिव रामु आचार्यको संचालनमा सम्पन्न भएको थियो ।