
बुटवल । असार १५ अर्थात राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राष्ट्रिय युवासंघ रुपन्देहीले शुक्रबार सुद्धोधनमा रोपाई कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य गोमा आचार्यले राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाई कार्यकमको उद्घाटन गर्दै युवाहरुलाई अब उत्पादसँग जोड्नु पर्नेमा जोड दिनुभयो ।
मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा रहेको असार १५ अर्थात राष्ट्रिय धान दिवस मुलुकका लागि महत्वपूर्ण दिनका रुपमा रहेको उल्लेख गर्दै । कृषिलाई व्यवसायिकरण र विशिष्टीकरणमा जोड दिँदै आचार्यले कृषिको बजारिकरण तथा कृषि उपकरणको व्यवस्थापनमा राज्यले व्यवस्था गर्न आग्रह गर्नुभयो । देशभरीको बाझो जमिनलाई कृषि उत्पादमा प्रयोग गर्नेगरी योजनाको खाचो रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी एमाले नेता तथा लुम्बिनी पदेससभा सदस्य तुलसी चौधरी, एमाले रुपन्देहीका सह–सचिव चित्रबहादुर केसी, राष्ट्रिय युवा संघ नेपालका युवा विज्ञ परिषदका उप–प्रमुख दिनानाथ भट्टराई, राष्ट्रिय युवासंघ केन्द्रीय सदस्य बुद्धी थापा, कल्पना पाडे मगर, श्रद्धा कुवर, रुपन्देही इन्चार्ज नशकुल शाही, जिल्ला अध्यक्ष बिकास बस्नेत, लगायतले बोल्दै सम्पूर्ण युवालाई अब कृषि र उत्पादनसँग जोड्नु पर्नेमा जोड दिए ।
असारे गीतसहित बीउ बोकेर हिलो खेतमा पुगेका ४ दर्जन बढी युवाहरुले सुद्धोधान–३ सखवानीमा हिलोमा खेल्दै रोपाई गरेको थिए । राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला सचिवालय सदस्य एवं कृषि बिभाग प्रमुख समीर बस्नेतको अध्यक्षता, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य किरण नेपालको स्वागत मन्तव्य तथा राष्ट्रिय युवा संघ नेपाल शुद्धोधनका अध्यक्ष विशाल रानाको सञ्चालनमा कार्यबक्रम सम्पन्न भएको राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटि सचिवालय सदस्य तथा साईबर सर्कल रुपन्देही जिल्ला बिभाग प्रमुख ईश्वरि न्यौपानेले उपकार अनलाईनलाई जानकारि गराउनुभयो ।