
कपिलवस्तु । नवयुग शिक्षक पेशागत सहकारी संस्था लुम्बिनी प्रदेशले एक कार्यक्रमको आयोजना गरि गुरु पुर्णिामा मनाएको छ । उक्त कार्यक्रममा वक्ताले पुर्वीय दर्शनमा गुरु पुर्णिामाको महत्त्व तथा वेद ब्यासको योगदानको बारेमा चर्चा गरेका थियो ।
कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले गुरुहरुको भूमिका बदलिँदो परिवेशमा अझै महत्त्वपूर्ण भएको हुँदा पुर्वीय दर्शनमा स्थापित गुरुको मान्यता कायम राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रम बोल्दै बिशिस्ट अतिथि बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा शालिकराम पौडेलले हाम्रो चिनारी र सभ्यता बिश्वमै अनुकरणीय रहेको हुँदा गुरुहरुले आफ्ना शिष्य मार्फत गुरु पुर्णिमाको सान्दर्भिकता पुष्टि गर्दै जानुपर्ने बताउनु भएको थियो ।
सस्थाका अध्यक्ष गोविन्द पोखरेलले गुरुहरुले पुर्वीय दर्शनमा आधारित गरिमा कायम गरि शिक्षण गर्नुपर्ने औल्याउँनु भएको थियो। वहाँले सहकारीले गुरुहरुको सम्मानित गरिमालाई बढाउने गरि आफ्ना कार्यक्रम अगाडी बढाउदै लगेको बताउनुभएको थियोे ।
सो कार्यक्रममा अध्यक्ष पोखरेलले गुरुहरुको सम्मानमा तीनवटा उत्कृष्ट शिक्षक पुरस्कार संचालन गर्न लागेको जानकारी दिनुभएको थियो ।
१. नवयुग उत्कृष्ट माध्यमिक शिक्षक पुरस्कार ।
२. नवयुग उत्कृष्ट आधारभूत शिक्षक पुरस्कार ।
३. नवयुग उत्कृष्ट महिला शिक्षक पुरस्कार ।
सो पुरस्कारमा सस्थाले आवेदन खुला गर्ने र सो पुरस्कार आवेदन दिन नवयुग शिक्षक पेसागत सहकारी सं.लि.कपिलवस्तु को सदस्य भएको हुनुपर्ने छ सो पुरस्कार मंसिर २९ गते सस्था स्थापनाको शुभ अवसरमा प्रदान गरिने कुरा जानकारी गराइएको थियो ।
सस्थाका कोषाध्यक्ष माधव घिमिरेको स्वागतमा सम्पन्न कार्यक्रममा मणिमुकुन्द क्याम्पस योगिकुटिका प्राध्यापकहरु लक्ष्मण गैरे, नारायण शर्मा, पशुपति चौधरी, शिक्षक संघ कपिलवस्तु का उपाध्यक्ष बिमला भट्टराई, शिक्षक संघ बुद्धभूमि अध्यक्ष तथा सस्थाका लेखा समिति संयोजक जिवलाल पन्थी, संचालक समिति पदाधिकारीहरु, सस्थापकहरु, सेयर सदस्यहरुको उपस्थित रहेको थियो । सो कार्यक्रमको संचालन सस्थाका सचिव भरतराज न्यौपानेले गर्नुभएको थियो ।