रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा सुरु

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आज (शुक्रबार)बाट भैरहवामा सुरु भएको छ।
पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको हो।

कार्यक्रमको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी बजाएर उद्घाटन गरेका थिए। पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, प्रवक्ता डा. मुकुल ढकाल, सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य मनिष झा, शिशिर खनाललगायत नेताहरुले प्रशिक्षण दिनेछन्  । प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्नेछ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation