सिद्धार्थ मा.वि. भेलाईलाई साइन रेसुङ्गा बैकको डिजिटल उपकरण

कपिलवस्तु । साइन रेसुङ्गा डेब्लोप्मेण्ट बैक गोरुसिङ्गे शाखा द्वारा सिद्धार्थ मा वि भेलाईलाई डिजिटल उपकरण हस्तान्तरण गरेको छ। बैंकको सस्थागत सामाजिक उत्तरदायित्व (CSR ) अन्तर्गत Shine Digital School Project , डिजिटल उपकरण हस्तान्तरण कार्यक्रम अन्तर्गत विद्यालयलाई कम्युटर सेट ( कम्प्युटर,प्रिन्टर र प्रोजेक्टर) हस्तान्तरण गरिएको हो।

विद्यालयकाे समग्र उन्नतिकाे कामना गर्दै विद्युतिय उपकरणमा पनि सहज पहुँच पुगाेस भन्ने हेतुले उक्त उपकरणहरु प्रदान गरिएको साइन रेसुङगा डेभलपमेन्ट बैंक गोरुसिङ्गेका प्रमुख सुदिप खनालले जानकारी दिनुभयो। वित्तीय साक्षरता र सुरक्षित बैङकिङ उपयाेगकाे विषयमा प्रकाश पार्दै खनालले आगामी दिनहरुमा पनि समुदायसँग हातेमालो गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आर्थिक रुपमा विद्यालय कमजोर रहेका बेला बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत सिद्धार्थ स्मारक माविलाई डिजिटल सामाग्री हतान्तरण गरेर विद्यालयको शैक्षिक गतिविधिको कार्य गर्न सहज हुने विद्यालयका प्र डिलाराम पौडेलले बताउनुभयो। पौडेलले शाइन रेसुङ्गाकाे सहयाेगले आफुहरुलाई नयाँ ढंगले कार्यसम्पादन र अध्यापन गर्न प्रेरणा प्रदान गरेकाे अनुभूति सुनाउँदै बैंक प्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

विद्यालयमा शाइन रेसुङ्गाकाे सहयाेगले विद्यालकाे प्रविधिकाे विकास संगै शैक्षिक गुणस्तरमा मा टेवा पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजेन्द्र विक्रम जिसीले बताउनुभयो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation