रोल्पाका एक युवकको भारतमा उपचारको क्रममा निधन

रोल्पा । रोल्पाका एक युवकको रोजगारीको शिलशिलामा भारतको पौडि गड्वालमा उपचारको क्रममा निधन भएको छ । रोल्पा जिल्ला गंगादेब गाउँपालिका वडा नम्बर ५ हम्पालका २६ बर्षका सिद्ध बहादुर केसीको रोजगारीको सिलसिलामा भारतको पौडि गड्वाल भन्ने ठाउँमा उपचारको क्रममा निधन भएको छ ।
उनका साथिहरूका अनुसार २३ गते दिउँसो पुरानो घर भत्काउँदा ४:४० मिटेको समयमा एक्कासी घरको लेन्टरले च्यापेको र तत्काल उद्दार गरेर उपचारको क्रममा हिजो बेलुका करिब १० बजे तिर निधन भएको बताईएको छ । केहि दिन अगाडि मात्र उनी रोजगारीको सिलसिलामा भारत पुगेका थिए ।अहिले उनका घरमा श्रीमती र छोरी छन् । ती छोरी र श्रीमतीलाई कमाएर खुसी बनाउन भारत पुगेका केसी उतै विलिन भए । उनको कमाएर ल्याउने सपना पनि अधुरै रह्यो । :• मृतक केसीलाई नेपाल लिएरै दाहा संस्कार गरिने उनका परिवारले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation