बाणगंगाका घरको नम्बरिङ कार्य सुरु, स्क्यान गरेपछि घरको विवरण पत्ता लाग्ने

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले आज देखि नगर भित्र रहेका सम्पुर्ण घरको आधुनिक प्रणाली ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’ बाट नम्बर कायम गर्न थालेको छ । आज बिहान नगर प्रमुख चक्रपाणी अर्यालले नगरपालिकाको भवनमा नम्बर टास गरि उक्त कार्यको शुभारम्भ गर्नुभएको हो ।

नगर भित्रका घरलाई व्यवस्थित बनाउन र नम्बरबाटै पहिचान हुने बनाउन आधुनिक हिसाबले घर नम्बरिङ कार्य सुरु गरिएको मेयर अर्यालले बताउनु भएको छ । नगर भित्रका करिब २१ हजार ५०० घरको गणना र तथ्याङ्क संकलन कार्य सकाएर आज देखि नम्बर प्लेट टास्ने कार्य सुरु गरिएको मेयर आर्यालले रेडियो हर्ट विट सगँ बताउनु भएको छ । यो कार्य १ महिना भित्र सक्ने लक्ष लिइएको छ । नगर भित्र रहेका हरेक घरको विवरण सरकारी तथ्याङ्कमा सामेल गराउनको लागि यस्तो कार्यको शुरुवात गरेको उहाँले बताउनु भयो । बाहिरी जिल्ला बाट नगरमा वर्षेनि बसाइँसराइ गरेर कयौँ परिवार आइरहेको भन्दै ति सबै परिवारको विवरण नगरले पत्ता लगाउन पनि उक्त कार्य महत्वपुर्ण हुने मेयर अर्यालले बताउनु भएको छ ।

हर्ट विट एफ एम सगँ कुरा गर्दै नगरपालिकाका सहरी विकास शाखा ईन्जिनियर सुनिल श्रेष्ठ ले अब नगरपालिकाले कुन घरको अवस्था कस्तो छ भन्ने सजिलै थाहा पाउने बताउनु भएको छ । घरमा टाँसेको वडा नम्बर, घर नम्बर, बाटो नम्बर सहितको क्युआर कोड स्क्यान गरेपछि नगर भित्र रहेका हरेक घरको विवरण जस्तै पारिवारिक अवस्था, घर कति स्क्वायर फुटको छ, घर कुन बाटोमा पर्छ, मेन हाइवे बाट कति टाढा पर्छ, सार्वजनिक क्षेत्र, सडक, विद्यालयदेखि वन क्षेत्र र ती स्थानदेखि आफ्नो घर कहाँनिर पर्छ जस्ता सम्पुर्ण जानकारी प्राप्त गर्न सकिने उहाँले बताउनु भएको छ ।

उक्त कार्यको लागि म्याप नेपाल इन्जिनियरिङ कन्सलटेन्सीले ठेक्का लिएको छ ।

 

May be an image of 4 people and text

May be an image of text

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation