जन्मदिनमा अनाथ बालबालिकालाई खाद्यान्न सामग्री बितरण

सैनामैना । लायन्स क्लब अफ सैनामैना स्टारको वार्षिक कार्य योजना अन्तरगत ४ गते (बिहिवार) गतेका दिन दोस्रो कार्यक्रम भोकालाई भोजन कार्यक्रम अन्तर्गत सैनामैना १ बनकट्टा मा रहेको अभियान नेपाल बालगृहमा रहेका अनार्थ बालबालिका हरु लाई अत्यावश्यक खाद्यान्न सामग्री बितरण गरेको छ क्लबका अध्यक्ष शिवराज पोख्रेलको को जन्म दिनको अवसर पारेर क्लब का अध्यक्ष पोख्रेलले एक कार्यक्रमका बिच खाद्यान्न सामग्री बालबालिकालाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथ्यता क्लबका अध्यक्ष शिवराज पोख्रेल कि ममतामयी माता भबिकला पोख्रेल ज्युले गर्नु भएको थियो । भने विशिष्ट अतिथीहरु फस्ट लेडि पदमा पोख्रेल वडा न.१ का जनप्रतिनिधि प्रेम भुसाल तथा लायन्स क्लबका एक्टनसन चेयर पर्सन तथा लायन्स क्लब अफ सैनामैना मलमलाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद शर्मा, लायन्स क्लब अफ सैनामैना स्टारका गाइडलाईन पर्सन सरोज पन्थ, लायन्स स्टारका संस्थापक अध्यक्ष कृष्ण ज्ञवाली लायन्स क्लब अफ सैनामैना बोलबम कि अध्यक्ष राधा सिंजाली सैनामैना मलमलाका अध्यक्ष बिजय काफ्ले लायन्स मलमलाका निबर्तमान अध्यक्ष लायन्स युवराज कार्कि लायन्स स्टारका द्वितीय उपाध्यक्ष लायन जिवन घिमिरे सचिव गणेश बेलबासे सह सचिब संजाल भुसाल लायन्स क्लब अफ सैनामैनाका कोषाध्यक्ष राजन भट्टराई समाजसेवि लायन्स सदस्य अर्जुन भण्डारी नारायण आचार्य कपिल पौडेल लगायत विभिन्न संघसंगठनका सामाजिक ब्याक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन क्लबका सचिब गणेश बेलबासे र कार्यक्रम को संयोजकत्व क्लब का द्वितीय उपाध्यक्ष जीवन घिमिरेले गर्नु भएको थियो। क्लबले यस भन्दा अगाडी सैनामैना ७ को वडा कार्यालय परिसरमा बृक्ष रोपण कार्यक्रम गरिसकेको लायन्स क्लब अफ सैनामैना स्टारका कोषाध्यक्ष राजन भट्टराईले जानकारी गराउनु भयो।No description available.

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation