बीपी स्मृति दिवसमा वृक्षरोपण, नेविसंघद्धारा बाणगंगाका दुई क्याम्पसमा राष्ट्रिय झण्डा अनावरण

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले ४१ औँ बीपी स्मृति दिवसको अवसरमा बाणगंगाको एक सामुदायिक विद्यालयमा वृक्षरोपण गरेको छ । शनिबार बाणगंगाको बुङ्चि स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय कोइरालाको स्मरण गर्दै नेता तथा कार्यक्रताहरुले उहाँको नेपाली राजनितिको योगदानको चर्चा समेत गरेका थिए ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा नेपाली कांग्रेस कपिलवस्तु प्रदेश सभा क्षेत्र नम्बर १ कार्यसमितिले आयाजना गरेको उक्त कार्यक्रममा नेपाली कांग्रेसका पुराना नेता तथा साहित्यकार मोहन ज्ञवालीले विद्यालय परिसरमा स्वमीको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । यसबाहेक अन्य विरुवा समेत रोपिएको नेपाली कांग्रेस प्रदेश सभा १ का सभापति दुर्गा के.सीले जानकारी दिएका छन् ।

वृक्षारोपण सहित अन्र्तक्रिया कार्यक्रममा बीपीको सम्झनामा कार्यक्रम गरी उनको योगदानको विषयमा चर्चा गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति दुर्गा के.सीको सभापतित्वसहित साहित्यकार मोहन ज्ञवालीको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव शक्ति सिँह ठकुरीको विशिष्ठ आतिथ्यतासहित कांग्रेस नेताहरु हरिराज घिमिरे, छविलाल नेपाली, अन्जु अधिकारी, कमल आचार्य, स्याम गुप्ता, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु, नगर समितिका नेता तथा कार्यक्रताहरु र कांग्रेस निकट विभिन्न भातृ संस्थाहरुका पदाधिकारी नेताहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली प्रजातान्त्रिक आन्दोलनमा विपिले मेलमिलापको निति सहित समाजवादी राजनितिको सुत्रपात गरेको भन्दै अहिले पनि उक्त सिद्धान्त अझै महत्वका साथ उठिरहेकाले कांग्रेसले त्यसलाई आत्मसाथ गर्दै जानुपर्ने बताएका थिए । नेपाली कांग्रेस क्षेत्रीय सभापति के.सीले बीपीको आदर्श, राजनीति र दूरदर्शी सोच अहिलेको पुस्ताका लागि अनुकरणीय रहेको बताए ।

यस्तै साहित्यार ज्ञवालीले बीपी कोइरालाले प्रजातन्त्र स्थापनाका लागि खेल्नु भएको भूमिका, मुलुकको विकासका लागि उल्लेख्य रहेको भन्दैे उहाँको योगदान नेपाली साहित्य जगतका लागि पनि महत्वपूर्ण बनेको बताए ।

कार्यक्रममा सिद्धार्थ माविका प्रधानाध्यापक इश्वर थापाले बीपी जयन्ती तथा स्मृति दिवसका अवसरमा विगत देखि नै वृक्षारोपणको कार्य हुँदै आएको सन्दर्भमा बिरुवा कति लगायौँ भन्ने भन्दा पनि कति बचाउन सफल भयौँ भन्ने विषय महत्त्वपूर्ण हुने बताए । उनले यसपटक लगाइएका बिरुवा सतप्रतिशत फुल्ने र फल्ने गरी वृक्षरोपण गर्नुपर्ने समेत बताएका थिए ।

May be an image of 3 people, grass, tree and text

यस्तै विपि स्मृति विवसको अवसरमा नेपाल विद्यार्थी संघले बाणगंगाका दुई वटा क्याम्पसहरुमा नेपालको राष्ट्रिय झण्डा राखेका छन् । नेविसंघ बाणगंगाका क्याम्पस इकाइ समिति लौगाइले दिवसको अवसरमा सिद्धार्थ क्याम्पस बुङ्चि र बाणगंगा बहुमुखि क्यम्पस लौगाइमा झण्डा स्थापना गरेका हुन ।

क्याम्पसमा राखिएका झण्डा पुराना भएको अवस्थामा नेविसंघले नयाँ झण्डा फेरेको इकाइ सभापति जनकराज पौडेलले बताए । ४१ औँ विपि स्मृति दिवसको अवसर पारेर यहाँका दुईवटा क्यम्पसमा राष्ट्रिय झण्डा अनावरण गरिएको उनले बताएका छन् ।

कार्यक्रममा नेविसंघ संयोजक विशाल अधिकारी, कांग्रेस बाणगंगा नगर सचिव सूर्य बराल, शिद्धार्थ क्यम्पस स्ववियु सभापति निलकमल थारु, कोषाध्यक्ष मनोज न्यौपाने, नेविसंघ बाणगंगा नगर सचिव सोना पाण्डे, आकृती भण्डारी, मिना ढुङ्गाना लगाएतको उपस्थिति रहेको थियो ।

May be an image of 9 people and text

May be an image of 10 people and text

 

May be an image of 11 people and text

May be an image of 8 people and text

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation