एमाले सांसदले नाराबाजी गरेपछि संसद् बैठक स्थगित

काठमाण्डाै ।  नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएकाे छ ।

आज बुधवारकाे बैठकमा सुन तस्करीमा संलग्नहरूको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमाले सांसदले नाराबाजी गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरि स्थगित भएकाे हाे । एमालेले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे पनि संलग्नता रहेकाे भन्दै उहाँकाे राजीनामा पनि मागेकाे छ ।

अब अर्काे बैठक साउन १५ गते साेमवारका लागि बाेलाइएकाे छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation