चन्द्रागिरिमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

चन्द्रागिरिको पानीघाटमा मारुती भ्यान दुर्घटना हुँदा चालक सिन्धुलीका २० वर्षीय नवराज थोकर र यात्रु काभ्रेका ४५ वर्षका अनिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी परीसर काठमाडौंका डिएसपी नारायण अधिकारीले जानकारी दिए। उनका अनुसार गाडी भीरबाट तल खसेको थियो।

काठमाडौंको थानकोटबाट मकवानपुरको चित्लाङ जाँदै गरेको बा १० च ३५४६ नम्बरको सुजुकी भ्यानमा सवार अन्य तीन जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation