साईबर सर्कल रुपन्देही जिल्ला बिभाग गठन

उपकार अनलाईन, सैनामैना ।
राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटि अन्तर्गत साईबर सर्कल रुपन्देही जिल्ला बिभाग गठन भएको छ । जसको जिल्ला संयोजकमा ईश्वरी न्यौपाने र सह संयोजकमा खगेन्द्र चौलागाईं निर्वाचित हुनुभएको छ ।

नेकपा एमाले रुपन्देही जिल्ला कमिटि उपसचिव तथा संगठन बिभाग प्रमुख चित्रबहादुर कार्किको प्रमुख आतिथ्यता स्कुल बिभाग प्रमुख युवराज घिमिरेको प्रशिक्षण र राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटि अध्यक्ष बिकाश जंग बस्नेतको स्वागत मन्तब्य सहितको उक्त कार्यक्रम मा राष्ट्रिय युवासंघ नेपाल केन्द्रीय कमिटि सदस्य पञ्चमि,रेग्मी राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटि उपाध्यक्ष दिपक खड्गि जिल्ला कोषाध्यक्ष नारायण थापाको उपस्थिति रहेको राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला सचिवालय सदस्य तथा साईबर सर्कल बिभाग प्रमुख ईश्वरी न्यौपानेले उपकार अनलाईनलाई जानकारि गराउनुभयो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation